• १२ भदौ २०८२, बिहिबार

उत्कृष्ट प्रतिष्ठानलाई सम्मान

blog

काठमाडौँ, साउन ३० गते। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने उत्कृष्ट प्रतिष्ठानलाई सम्मान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सातै प्रदेशबाट उत्कृष्ट काम गर्ने सात वटा प्रतिष्ठानलाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा कोशी प्रदेशबाट बुट्टाबारी टी प्रालि विर्तामोड, झापा, मधेश प्रदेशबाट डाबर नेपाल प्रालि जितपुर बारा, बागमती प्रदेशबाट वरुण वेभरेज प्रालि सिनामङ्गल, काठमाडौं रहेका छन्। 

त्यस्तै, गण्डकी प्रदेशबाट गोर्खा ब्रुअरी प्रालि नवलपरासी, लुम्बिनी प्रदेशबाट विजय डिस्टिलरी रामग्राम नवलपरासी, कर्णाली प्रदेशबाट शुभ होटल प्रालि र सुदूरपश्चिम प्रदेशबाट महाकाली सुगर प्रालि रहेका छन्। उत्कृष्ट काम गरेर सम्मानित हुने प्रतिष्ठानहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सम्मानपत्र प्रदान गर्नुभयो। 

उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड अनुसार काम गर्ने र सबैको सहकार्यबाट नेपाललाई व्यावसायिक स्वास्थ्य र सुरक्षाको क्षेत्रमा नमुना देश बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। 

श्रम सचिव डा. कृष्णहरि पुष्करले यो सम्मान कार्यव्रmम प्रतिस्पर्धा नभई उत्कृष्ट कामको पहिचान भएको स्पष्ट पार्नु भयो।