शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, साउन ३० गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो।