मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी राष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
पुरातात्त्विक सम्पदाका रूपमा रहेको डडेलधुराको अजयमेरुकोट दरबार र दार्चुलाको उकुमा मन्दिरबारे खोज तथा अध्ययन जारी छ । विगत तीन वर्षदेखि पुरातत्त्व विभाग र स्थानीय सरकारको समन्वयमा विज्ञहरूले नयाँ तथ्य पत्ता लगाइराखेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्धु सम्झौता अन्यायपूर्ण भएको भन्दै भारतीय कृषकको हकमा रगत र पानी सँगसँगै नबग्ने चेतावनी दिनुभएको छ । उहाँले भारत परमाणु धम्की नसहने पनि स्पष्ट गर्नुभयो । भारतको ७९ औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नयाँदिल्लीको लालकिल्लामा सम्बोधन गर्दै मोदीले पाकिस्तानप्रति लक्षित गरेर अब त्यस्ता धम्की नसहने बताउनुभएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी माघ मसान्तसम्म फाइभजी सेवा सुरु गर्न निर्देशन दिनुभएको छ ।
भ्रष्टाचारका मुद्दा सुनुवाइ गर्ने क्षेत्राधिकार पाएको विशेष अदालतमा न्यायाधीश फेरिएका छन् । विशेषका हालका अध्यक्ष टेकनारायण कुँवर तथा चार सदस्यको सरुवा भएको छ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारलाई परामर्श दिएको छ ।
कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकामध्ये केहीको मृत्यु भएको र केही बिरामीको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ ।
पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ ।
ललितपुर महानगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउन सफल ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिक जनसंख्या भएको मधेश प्रदेशमा ग्रामीण दूरसञ्चार विकास कोषको परियोजना लागु गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ।
ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रयोग गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने परियोजनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लि.बिच आज सम्झौता भएकोछ ।
खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई–मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरीको नवनिर्मित सुविधा सम्पन्न भवन उद्घाटन गर्नुहुँदै यो भवनबाट प्रहरी सेवा थप छिटो, व्यवस्थित र जनमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने उत्कृष्ट प्रतिष्ठानलाई सम्मान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सातै प्रदेशबाट उत्कृष्ट काम गर्ने सात वटा प्रतिष्ठानलाई सम्मान गरेको हो।