नेपाली जनताको लामो सङ्घर्ष, बलिदानी र त्यागपश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो ।
स्याङ्जाको वालिङमा नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ ।
झापाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या प्रयास गरेका छन् । स्थानीय ४० वर्षीय लालबहादुर मंग्रातीले ४० वर्षीया श्रीमती मनिसा मग्रातीको हत्या गरी आत्महत्या प्रयास गरेका हुन् । उनीहरु स्थानीय योगेन्द्र बसेलको घरमा भाडामा बस्दै आएका थिए ।
पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवाले पशुपालक किसान लाभान्वित भएका छन् । विज्ञ केन्द्रले पशुपालक किसानको गोठमै पुगेर ‘डोर टु डोर’ सेवा सञ्चालन गरेपछि किसानहरू लाभान्वित भएका हुन् ।
नेपालको शिक्षा व्यवस्थामा सामुदायिक विद्यालय महत्वपूर्ण स्तम्भ हुन् ।
प्राकृतिक सम्पदाले नेपाल धनी मानिन्छ । त्यसमा पनि विकासका लागि धेरै सम्भावना बोकेको क्षेत्र भनेको पर्यटन नै हो ।
तनहुँका एक किसानले दुध बेचेर डेढ लाख पुरस्कार हात पार्नु भएको छ । पुरस्कार पाउनेमा व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला हुनुहुन्छ । गण्डकी प्रदेशको उत्पादनको आधारित अनुदान कार्यक्रमअन्तर्गत किसान बाँस्तोलाले सो रकम पुरस्कार पाएपछि पेशाप्रति गौरवान्वित हुनुहुन्छ ।
मान्छेले विकल्प खोज्दा एक पटक भोगेर ठिक नठानेर फालेको वस्तु वा चिजलाई पुनः विकल्पका रूपमा कुनै पनि हालतमा रोज्दैन ।
बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ । बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीका १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो ।
निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को विभिन्न व्यक्तित्वमाथि लेखिएको निबन्धकृति ‘अभिवन्द्य’ को तेस्रो संस्करण एक समारोहबिच सार्वजनिक गरिएको छ ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोजका लागि नयाँ गीत रेकर्ड गर्नुभएको छ ।
आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्भाला’ ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ ।
सान्भी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपिओ बिक्री गर्ने अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले ३७ लाख ९० हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ७२ पैसा र बिक्रीदर १३७ रूपियाँ ३२ पैसा कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पौने छ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ ।