सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशमा प्रदेश विपद प्राधिकरण गठन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १० औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ ।
मकवानपुर प्रहरीले नक्कली सुनलाई सक्कली सुन भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई पक्राउ गरेको छ ।
प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी नेतृत्वको टोलीले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी तथा सम्पादकीय नेतृत्वसँग बुधबार विभिन्न विषयमा छलफल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नुपर्ने बताउनुभएको छ।
सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक जिल्लामा महिला पत्रकारका लागि आयोजना गरेको विशेष ‘तीज ट्यालेन्ट शो प्रतियोगिता–२०८२’ आयोजना गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताउनुभएको छ।
फाउन्डेसनले बुधबार विज्ञप्ति जारी गरेर युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि दाहाललाई सरुवा गरिएको भन्दै विभिन्न माध्यमबाट प्रकाशित भएका समाचार भ्रामक, मिथ्य, मनगढन्ते र तथ्यहीन भएको जनाएको हो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण गरिएपछि ताप्लेजुङवासीमा खुसी छाएको छ । हेवा खोलामा बेलिब्रिज (मोटर गुड्ने पुल) निर्माणसँगै सञ्चालनमा आएपछि जिल्लावासीमा खुशी छाएको हो ।
घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियलले ओसासुनालाई १–० गोलले हरायो । रियलका लागि एमबाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रिने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उहाँको मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।
भोटेकोशी नदीमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ । कालीका इनर्जी लिमिटेडले करिब नौ अर्ब रुपियाँभन्दा बढीको लगानीमा आयोजना निर्माणको प्रस्ताव अघि सारेको हो ।