देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका ४३ वटा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
सामान्य दिनचर्याका लागि थुप्रै अप्ठ्यारा भए पनि ४६ वर्षीय रामबहादुर लिम्बू जीवनोपयोगी सिप सिकेर आत्मर्निभर बन्नुभएको छ । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने उहाँले मुढा बनाउने सिप सिकेर आत्मनिर्भर बन्दै आउनुभएको हो ।
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को खेलकुदको बजेटका सम्बन्धमा छलफल भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अदालतले विवादरहित न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका चेपाङ समुदाय गाउँमा बिजुली बत्ती बल्दा दङ्ग परेका छन् ।
‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ आयोजना गर्ने भएको छ ।