स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताउनुभएको छ ।
आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८२’ सञ्चालन हुने भएको छ ।
नार्पाभूमि गाउँपालिकाको तीन-चार वर्ष अगाडीदेखिको योजना अनुसार वडा नं. ४ फू गाउँमा रहेको क्याङछुमी नाकालाई व्यवस्थित गरी सशस्त्रको बोर्डर आउट पोस्ट ‘बिओपी’ स्थापना गरिने भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र इन्डिोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।
मुस्ताङमा दुर्लभ हिउँ चितुवाको आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ ।
गोरखा जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ३३ जनामा क्षयरोग पुष्टि भएको छ ।
दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक सोविरुद्धको महाभियोग खारेज गर्दै उहाँलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिखाद्य सुरक्षा तथा व्यावसायिक खेतीका बारेमा फरक ढङ्गले सोचेर काम गर्नुपर्ने बताउनुभएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल कराते खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासङ्घले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।
भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागका अनुसार अवैध बालुवा उत्खनन जोखिमका कारण लगभग २० हजार घरपरिवारलाई पुनर्वास गर्न आवश्यक रहेको जनाएको छ ।
सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरामा बेवारिसे पुरुषको शव फेला परेको छ । बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा ब्यारेजमा पहिचान खुल्न नसकेको व्यक्तिको शव फेला परेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनु भएको छ ।
वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो भिरमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।