सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।
कर्णाली नदीले तीव्र रूपमा कटान सुरु गरेपछि बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् । नदी कटान रोक्न स्थानीयवासीसँगै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले समेत श्रमदान गरेर अस्थायी तटबन्ध निर्माण कार्य थालेका छन् ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न मन्त्रालयस्तरमा देखिएका समस्या समाधानको निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयले पहिचान गरेका विकाससम्बन्धी समस्यामाथि छलफल गरी ठोस निर्णय गरेको हो ।
अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो ।
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका बस्तीलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी बस्तीमा कतै आवागमन असहज र कतै ठ
यहाँका किसान मकैबाली जोगाउन रातदिन खेतबारीमै चौकीदार बस्ने गरेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका किसानले लगाएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि खेतबारीमा बस्ने गरेका हुन् ।
दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ ।
जग्गा वर्गीकरण नगरेका कारण हुम्लाका छ वटा पालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म ती गाउँपालिकाले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् ।
पूर्वराष्ट्रपति तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली जनताको सामाजिक न्याय, वर्गीय हितका लागि काम गर्न राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । १० वर्षपछि