दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् ।
पूर्वराष्ट्रपति तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली जनताको सामाजिक न्याय, वर्गीय हितका लागि काम गर्न राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । १० वर्षपछि
महिलाले विभिन्न कारणले अझै पनि निजी क्लिनिक, मेडिकल पसल वा घरमै औषधी सेवन गरेर गर्भपतन गराउने गरेको पाइन्छ । लाज र गोपनीयताको चाहना तथा विवाहपूर्व वा सामाजिक परिस्थितिबाट उत्पन्न गर्भलाई लुकाउन हतारमा असुरक्षित वा गैरसूचीकृत बाटो रोज्ने गरेको जानकार बताउँछन् ।
सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् ।
जिल्लाको बलेवास्थित प्रसिद्व धार्मिक शत्तिपिठ कालभैरव मन्दिरमा नियमित पूजाआरधना गरेर हरेलो पर्व मनाइएको छ । सदरमुकाम बागलुङ बजारदेखि दक्षिण क्षेत्रको सिधा सडक सम्पर्क अभावले कालभैरव मन्दिरमा ‘हरेलो मेला’ भने हुन सकेन ।
सिन्धुली जिल्लामा यो वर्ष वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै किसानको खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ । कमला नदी, मरिण, चँदाहा, जिर्घा, खहरेलगायतका खोलामा आएको बाढीले किसानको खेत कटान गरेको स्थानीयले बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
डोटीका दुई वटा पालिकासँग सीमा जोडिएको महाभारत पर्वतमा अवस्थित गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा खानेपानी पुर्याइएको छ तर खानेपानी पुर्याइए पनि काम गरेका मजदुर र निर्माण सामग्री खरिदबापतको करिब २५ लाख रुपियाँ तिर्न अझै बाँकी छ ।
नेपाल भारत सीमा नाकासँग जोडिने पुल वर्षौदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले आवतजावत गर्न सास्ती ब्यहोर्नु परेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माणसहित विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
ताप्लेजुङमा यसवर्ष करिव ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो ।
सङ्घीय शिक्षा ऐनसँग बाझिएपछि कैलालीको घोडाघोडी नगरपालिकाले प्रधानाध्यापकको नियुक्ति रद्द गरिएको छ । गत भदौमा खुला आवेदनबाट नगरपालिकाका विभिन्न विद्यालयमा २७ जना प्रधानाध्यापक नियुक्त गरिएको थियो ।
महिलाको मुद्दालाई अगाडि बढाउन पुरुषले पनि साथ दिन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला समन्वय समिति सुदूरपश्चिम प्रदेश सभाले मङ्गलबार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले महिलाको मुद्दामा पुरुषको साथ पनि आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रेनु चन्दले बहुविवाहले महिलालाई मात्रै नभई पुरुषलाई पनि असर गर्ने भएकाले यसको विरुद्धमा पुरुषले पनि बोल्न जरुरी रहेको बताउनुभयो । “मानवीय जीवनमा मजाकिया तरिकाले कानुन ड्राफ्ट गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “बहुविवाहले पुरुषलाई पनि असर गर्छ ।”
देशको अर्थतन्त्रले लक्ष्य अनुसारको गति लिन नसकेको चौतर्फी विमर्श छ । अर्थतन्त्रका कतिपय सूचक सकारात्मक हुँदाहुँदै पनि लगानीले गति लिन सकेको छैन । बैङ्क तथा वित्तीय संस्थासित अहिले पनि झन्डै आठ खर्ब रुपियाँ तरलता छ
सप्तरीको खडक नगरपालिका– ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । गौर नगरपालिका– ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् ।