घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपियाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर उडानमार्फत चीन पुगेका पोखराका पर्यटन व्यवसायी र चीनको सिचुवान प्रान्तको छोङ्छिङ नगरका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ ।
पढेलेखेकाले जागिर नै खानुपर्छ भन्ने सोचलाई चुनौती दिँदै तनहुँका एक युवक कृषि पेशामा रमाएका छन् । भानु नगरपालिका–१२ घलेछापका कुशलचन्द्र अधिकारी पढाई पूरा गरेर गाउँमै व्यवसायिक कृषि पेशा गरेर नाम र दाम दुबै कमाउन सफल हुनुहुन्छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् ।
हाँडीकोट बागलुङ जिल्लाको एक आकर्षक पर्यटकीय गन्तव्य हो । जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी ७ जैदी र ८ छिस्तीको सङ्गमस्थल हाँडीकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ ।
श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खन्नुभयो ।
यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् ।
गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो ।
अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कर्णाली प्रदेशका दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्नका लागि करिब छ वर्षअगाडि तयार भएको दलित सशक्तीकरण विधेयक बिहीबार कर्णाली प्रदेश सभाबाट पारित भएको छ ।
जनताको जीउधनको सुरक्षाका लागि रातदिन खट्ने प्रहरीका लागि स्थापना भएको प्रहरी चौकी आफैँ जोखिममा रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् ।