प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानी विस्तार र उद्यमशीलताका लागि उपयुक्त वातावरण बनिरहेको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घले नेपाल–चीन व्यापार सहजीकरण लागि चीनतर्फका थप नाका खोल्न माग गरेको छ । बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकाले चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न सङ्घले माग गरेको हो ।
दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस मङ्गलबार राति बेलझुण्डीमा दुर्घटनामा परेको हो ।
आपराधिक गतिविधि नियन्त्रणका लागि गृह प्रशासनले सक्रियता बढाएको छ । विगतमा गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न तथा शङ्कास्पद व्यक्ति र समूहमाथि प्रहरीले सुरु गरेको कोभर्ड (गोप्य) र ओभर्ड (गस्ती तथा जाँच) अपरेसनमा हालसम्मकै धेरै अभियुक्त र आरोपित पक्राउ परेका छन् ।
बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि भन्दै सरकारले आयुर्वेदिक पद्धतिबाट तयार गरिएको ‘स्वर्णविन्दु प्राशन’ थोपा वितरण गर्ने कार्यक्रम अघि बढाएको छ ।
नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको छ । योसँगै रुबेला निवारण गर्ने विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ ।
सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निष्कासन तथा भण्डारणको कार्य तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ । अवैध रूपमा डिम्ब निष्कासन तथा भण्डारणको विषय बाहिर आएपछि अधिवक्ता अङ्कित त्रिपाठीसमेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मङ्गलबार अन्तरिम आदेश जारी गरेको हो ।
त्यागी एवं दानी नेताका रूपमा परिचित नेपाली कांग्रेसका पाका नेता एवं प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाले समाजमा पु¥याएको योगदान अतुनीय रहेको स्मरण गरिएको छ ।
सोमबारदेखि वेपत्ता भएका टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा निवासी ७६ वर्षीय राधाप्रसाद राई मृत फेला पर्नुभएको छ । विहान घरबाट सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालय हिडेका राई बेलुका अबेरसम्म घर नआइपुगेपछि परिवारले खोजी गर्दा स्थानीय बम्खुवा खोलाको किनारमा उहाँको छाता र जुत्ता भेटिएको थियो ।
बागलुङमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका –३ की १९ वर्षीया कृष्णकुमारी चन्दको मृत्यु भएको हो ।
जलनविरुद्धको सचेतना जगाउन गीति भिडियो ‘दिपक’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहबिच सो भिडियो सार्वजनिक गरिएको हो । जलनले नित्म्याएका समस्यालाई गीतमा प्रस्तुत गरिएको छ ।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन अब १७ दिन बाँकी छ । महाधिवेशन नजिकिँदै गर्दा त्यसको तयारी पनि तीब्ररूपमा अगाडि बढिरहेको एमालेका नेताहरुको भनाइ छ ।
बेनीमा परम्परागत रुपमा देखाउँदै आएको घोडा नाच प्रदर्शन गरिएको छ । नेवार समुदाका युवाहरुको सक्रियतामा बर्खेनाच अन्तर्गत मंगलबार घोडा नाच प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा गरिएका कार्यसम्पादन सम्झौताहरू सतप्रतिशत सम्पन्न गर्न निर्देशनात्मक सुझाव दिनुभएको छ।