गुल्मीमा प्राथमिक तहका २४ जना स्थायी शिक्षक नियुक्ति भएका छन् । जिल्लाका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका स्थायी शिक्षकहरूलाई नियुक्ति गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार सम्पन्न महाधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपियाँ २६ पैसा र बिक्रीदर १३७ रूपियाँ ८६ पैसा कायम भएको छ ।
हनुमाननगर कङ्कालिनी गाउँपालिका–७, अन्डिपट्टीगाउँको गर्जो भिन्डी खेतीबाट आएको आम्दानीले चलेको छ ।
अर्थतन्त्र चलायमान हुन नसकेको सरोकारवालाको गुनासो कायमै रहेको समयमा अर्थ मन्त्रालयले भने अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको उल्लेख गरेको छ ।
उद्योग क्षेत्रमा घोषित र अघोषित रूपमा भइरहेको लोडसेडिङले व्यवसायमा प्रत्यक्ष असर परेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिई श्रमिक आपूर्ति गर्ने कम्पनी र प्रतिष्ठानलाई जरिबाना गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारीको जग्गा र सम्पत्ति लिलामी गर्ने सन्दर्भमा सहजीकरणका लागि सरोकारवालासँग छलफल गरेको छ ।
विवाहको उमेरबारे पछिल्लो समयमा सरकार र संसदीय समिति दुवैले बहस चलाइरहेका छन् । विवाहका लागि २० वर्ष हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको ६ वर्षपछि नै उमेर पुनरवलोकनको बहस चलिरहेको छ ।
धनकुटाको धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङमा एक गुफा छ । नजिकै एक सानो छाँगो छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका –२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।
जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।
चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट गोरखापत्रकर्मी गार्डेन राई पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गोरखापत्रकर्मी राई आइतबार पुरस्कृत हुनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी उचाईमा मेल्लेख गाउँपालिकाको ऋषिदहमा झोलुङ्गे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका १ ऋषिदहको लिफ्रुदेखि वडा नम्बर २ डाँडाँश्री जोड्न झोलुङ्गे पुल निर्माण भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताको समस्या, आवश्यकता र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ ।