मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ ।
लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली सञ्चारमाध्यमले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफ्नो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताउनुभएको छ ।
अचल सम्पत्तिको कारोबार गर्दै आउनु भएका रियल्टर जितमान बस्नेतलाई अमेरीकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ ।
इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् ।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका वडा नम्बर ४ को विकट गाउँ मानिने महलपोखरीमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
साँच्चै मानिसले कहिलेदेखि लेख्न थाल्यो ?, विश्वको कुन भागका मानिसले सबैभन्दा पहिले लेख्न थाले ? यी र यस्ता प्रश्नको उत्तर खोज्दै जाँदा प्राचीन मेसोपोटामियामा पुगिन्छ । मेसोपोटामियाको सुमर भन्ने ठाउँबाट लेखन प्रणाली विकास भएको मानिन्छ ।
बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकारबिच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढेको छ । यही चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपूर्ण फुटबलको तयारी बारेमा छलफल भएको छ ।
तनहुँमा परीक्षणको दायरा बढाउदा क्षयरोगका बिरामीको सङ्ख्या बढेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले परीक्षणको दायरा बढाउदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ ।
मोरङको रतुवामाई–३ को मिर्चाडाँगीका बासिन्दाले रतुवाखोलामा झोलुङ्गे पुल बन्ने भाषण सुन्न थालेको ३३ वर्ष भयो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलो पटक संसदीय
कर्णाली करिडोरको हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रको डेढ वर्षदेखि अवरुद्ध हुँदै आएको सडकको निर्माण कार्य सुरु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका विभिन्न होटलको अनुगमन गर्नुभएको छ । यहाँका होटलहरूमा अस्वच्छ खाना पाइने गुनासो बढेपछि आइतबार साँझ उहाँको नेतृत्वको अनुगमन टोलीले विभिन्न होटल तथा मिठाइ पसलको निरीक्षण गर्दै मापदण्ड विपरीत रहेका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ ।