धनकुटामा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियानअन्तर्गत ग्वोबल मेगा रक्तदान शिविर सञ्चालन गरिने भएको छ ।
लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा टोलका २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेका छन् ।
उम्सो गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परि बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ ।
सप्तरीको राजगढ गाउँपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ । गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको मंगलबार राति उपचारको क्रममा निधन भएको हो ।
सूचनाको हकबारे नागरिकस्तरमा व्यापक रुपमा जनचेतना जागृत गर्ने उद्देश्यले विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ ।
बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्नुहुन्छ ।
युवालाई रोजगारी र सिपसँग जोड्न गण्डकी प्रदेशका १० स्थानमा ‘करियर बुथ’ स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटिएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याब) नेपाल कार्यक्रम अन्तर्गत गण्डकीका १० स्थानमा बुथ स्थापना गरिएको हो ।
गुल्मीको इस्मा गाउँपालिकाको आसपासमा फोन नलाग्ने समस्याले यहाँका स्थानीयहरूले हैरानी खेप्नुपरेको छ । गाउँपालिका–१ र २ का बस्तीहरूमा टेलिकमको सेवा सहज नहुँदा यहाँका स्थानीय नागरिकहरू सञ्चार सेवाबाट वञ्चित बन्न पुगेका हुन् ।
यस वर्ष मुस्ताङको प्रमुख उत्पादन स्याउ हिन्दु महिलाको पर्व हरितालिका तिजअगाडि नै बजारमा आउने भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष छिटो स्याउ पाकेपछि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ यही भदौ ५ देखि टिप्न पाइने भएको हो ।
हरिहरपुरगढी गाउँपालिका–२, झनझने निवासी किसान कमल राई गाउँमा धमाधम लिफ्ट सिँचाइ योजना निर्माण भएसँगै हर्षित हुनुहुन्छ । उक्त योजना निर्माणसँगै आफूसँग भएको १० कट्ठाभन्दा बढी खेतमा बाह्रै महिना सिँचाइ सुवि
नेपाल–भारत सीमावर्ती नाका रुपन्देहीको बेलहियाबाट प्रहरीले हजारौँ नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका भारत, कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई होटेलमा कोठा लिने क्रममा नियन्त्रणमा लिइएको हो ।
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका वस्तिहरुलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी वस्ति जोखिममा परेको वडाध्यक्षहरुको भनाइ छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ ।
भरतपुर महानगरपालिकाले आठ वर्षको अवधिमा एक हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ । महानगरले उज्यालो भरतपुर अभियान अन्तर्गत २३० किलोमिटर मुख्य सडक क्षेत्रमा स्मार्ट लाइटसमेत जडान गरिरहेको छ ।