अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिनुभएको छ । यद्यपि उहाँले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाड्नुभएको थियो ।
तानसेन नगरपालिका–३, भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दुध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्यो ।
सभामुख देवराज घिमिरेसँग आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
गण्डकी प्रदेशमा ९३ प्रतिशत खेतमा धान रोपाइँ गरिएको छ । यसवर्ष ८७ हजार ८ सय ९ हेक्टर अर्थात् ९३.२३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र संघका अध्यक्ष शङकर गिरीले संयुक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् ।
पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालसँगै धनकुटाको महालक्षमी नगरपालिका–२, छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् ।
तिसको दशकमा पोखरा–७, मासबारमा जन्मिएँ । छ सात पुस्तादेखि बरालहरू बसोवास गरिरहेको ठाउँ हो यो । सबैभन्दा बढी सरकारी कार्यालय पनि यसै वडामा पर्छन् । करिब तीन सयभन्दा बढी बरालको घरधुरी रहेको यो ठाउँ यति सुन्द
भदौ भन्नेबित्तिकै कृष्णाष्टमी र तिजको सम्झना आइहाल्छ । तिजको रौनक र दिदीबहिनीको जमघटको याद आइहाल्छ । एक परम्परा चेलीलाई जन्मघरसँग चाडपर्वको बहानामा भए पनि सम्झिने दिन हो । जति नै दुरी रहोस्, भौतिक
पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरो पन्छाएर चार दिनपछि बुधबार बिहानबाट सुचारु भएको छ ।
आंशिक प्राध्यापकहरूको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेपछि सुरु भएको आंशिक प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी रहेको छ । आन्दोलनका कारण पाँच दिनदेखि क्याम्पसमा पठनपाठन पूर्ण रुपमा ठप्प रहेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको रामेश्वरी माविमा खानेपानीको चरम अभाव भएको छ । सो विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको समस्या हुँदै आएको भए पनि अहिलेसम्म कतैबाट त्यो समस्या समाधान भएको छैन ।
बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा पक्कि पुल निर्माण कार्यमा करिब ५० प्रतिशत प्रगति भएको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – ६ बस्ने २१ वर्षीय विमल चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
केचना–कञ्चनजङ्घा (मेची काेरिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो ।