गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।
जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिताहरु बदलेर प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
पुराना शैलीका तर सुन्दर सुन्तले रङ्गमा सजिएका एकैनासका घर । एउटै रङ्गमा सजिएका ठाउँ ठाउँमा पाटी पौवा र नेवारी रहनसहन ।
लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ ।
गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ ।
नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि बन्द हुने भएको छ ।
लहान नगरपालिकाको सहरी क्षेत्रबाट आठ किलोमिटर उत्तरमा रहेको देवीदहमा दस वर्ष अगाडि नै आन्तरकि र वाहिय पर्यटकीयको ओइरो लाग्ने गरेको थियो ।
झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो ।
मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ ।