देवराम यादव
सप्तरी, भदौ ४ गते । सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा टोलका २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेका छन् ।
बुधबार बिहान करिब ६ बजे स्थानीय बासिन्दाले लालु मण्डल आफ्नै एकतले कच्ची घरको कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डिएको देखेपछि प्रहरी चौकी महादेवामा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखिएको छ र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा फरेन्सिक टोलीसहितको प्रकृति मुचुल्का टोली खटिएको छ । शवको पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण अस्पताल पठाउने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेत जानकारी दिनुभयो । उहाँले मृतकको मृत्युका कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने बताउनुभयो ।