• ४ भदौ २०८२, बुधबार

राजगढमा वडा अध्यक्षको निधन

blog

गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष स्व. देवेन्द्र साह

विनय कर्ण 
कल्याणपुर (सप्तरी) भदौ ४ गते ।
सप्तरीको राजगढ गाउँपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ । गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष दुःखीलाल भनिने देवेन्द्र साहको मङ्गलबार राति उपचारको क्रममा निधन भएको हो ।

७० वर्षीय वडा अध्यक्ष साहको उपचारका क्रममा चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिनुभयो ।

अध्यक्ष मण्डलका अनुसार साह लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनुभएको थियो ।

२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साह ४९७ मत ल्याएर जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित हुनुभएको थियो ।