मङ्गलबारे (इलाम), चैत १२ गते । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उहाँको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताउनुभयो । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।बारीमा अधिकांश समय लौका हुने उहाँको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उहाँले अहिले भने रु ५० मा बिक्री हुने बताउनुभयो ।उहाँले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उहाँ दैनिकजसो जाने गर्नुहुन्छ । भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उहाँले उल्लेख गर्नुभयो ।लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उहाँले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उहाँले बजार लगेर बिक्री गर्नुहुन्छ ।“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भन्नुभयो ।उहाँका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उहाँले भन्नुभयो ।भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाउनुभयो । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ । एउटै लौकाको पाँच हजारभण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिनुभयो । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उहाँले जानकारी दिनुभयो । “ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भन्नुभयो । रासस
जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो ।
गुल्मीमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ११३ जनामा क्षयरोग पुष्टि भएको पाइएको छ ।स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा ११३ जनामा क्षयरोग पुष्टि भएको हो ।
जिल्लाको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गर्नुभएको छ ।
जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।
आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।
आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।
रौतहटको कटहरिया नगरपालिका विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट प्रदान हुने आधारभूत सेवा समेत अवरुद्ध भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ ।
यही चैत १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मध्यपश्मिनञ्चल विश्वविद्यालयअन्तर्गत रहेको बर्दियाको बबई बहुमुखीक्याम्पसमा चुनावी सरगर्मी बढेको छ । बबई बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चुनावी प्रतिस्पर्धाका लागि मैदामा उत्रिएका छन् ।
गर्मीयाम सुरु भएसँगै बागलुङका वनजङ्गलमा आगलागी हुने क्रम बढ्दो छ । डिभिजन वन कार्यालय बागलुङका अनुसार चैत पहिलो हप्तासम्म बागलुङका तीन वनजङ्गलमा आगलागी भएको छ ।
झण्डै दुई वर्षदेखि रिक्त रहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त हुनुभएको छ ।
अर्थतन्त्र सुधार हुन नसकेको गुनासो लामै समयदेखि सुन्न थालिएको हो ।