विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ४ गते । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित सितापुरमा बुधबार स्थानीय ३२ बर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
दिउँसो करिब १२ बजेतिर स्थानीय लक्ष्मी चौधरीको घर तथा खेतबारीमा काम गर्दैआएकी शम्भुनाथ नगरपालिका –६ बस्ने ३२ वर्षीया चौधरी धान खेतमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अविवाहित रामकुमारी मानसिक अवस्था ठिक नभएको बुझिएको उहाँको भनाइ छ ।