ध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रोल्पाको जलजला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सुमन विक चयन हुनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पारस्परिक भन्सारका लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ ।
इजरायली सेनाले गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पर्ने चारवटा ठुला जोखिमयुक्त पहिरो नियन्त्रण, संरक्षण तथा व्यवस्थापन गर्न समस्या भएको छ ।
उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो ।
जब एक शारीरिक सुगठन खेलाडी प्रतियोगिताका लागि तयारीमा लाग्छ उसले दैनिकी त्यागेर धेरै संयमित जीवन अपनाउनुपर्ने हुन्छ ।
मने र उसको भाइबिच अंशबण्डा भई भिन्दाभिन्दै बसेका पनि आठ वर्ष वितिसकेको थियो । दाजुभाइबिच अंशबण्डा भई भिन्दै बसे पनि उनीहरूबिच असाध्यै मायाप्रेम थियो । एकअर्कामा लेनदेन, सरस
नेपालगन्ज सुर्खेत रोडमा फुलेका फूलहरु हेर्न आउने सङ्ख्या अहिले ह्वात्तै बढेको छ । राँझा एयरपोर्टदेखि गणेशमानसम्म फुलेका आकर्षक फूलहरु हेर्न युवाहरुको भीड लाग्ने गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ ।
गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो ।
कर्णाली प्रदेशमा लक्ष्यको आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् । उपचारमा आएकाभन्दा बाहिर रहेकालाई उपचारमा ल्याउन चुनौती देखिएको छ ।
नेपालगन्ज रंगशालामा अहिले हरियो दुबो र घाँसहरु पलाउन थालेका छन् । मैदानको घाँस काटेर सम्माउने काम अहिले भइरहेको छ । नेपालगन्ज रंगशालाको फुटबल मैदान विगतभन्दा सुन्दर देखिदै गएको छ ।
बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको देखिएको हो ।