हुम्ला समाचारदाता
हुम्ला, भदौ ५ गते । जिल्लाका अभिकांश सरकारी कार्यालयले वेबसाइट निर्माण गरे पनि ती अद्यावधिक छैनन् । कार्यालयमा सूचना अधिकारी दक्ष नहुनु र वेबसाइट अद्यावधिक कार्यलाई महत्व नदिएको कारण निर्माण गरिएको वेबसाइट जस्ताको तस्तै अवस्थामा रहेका छन् । राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित जिल्लामा सूचनाको हक कार्यान्वयनको अवस्थासम्बन्धी अन्तव्रिर्mया कार्यक्रममा अधिकांश सञ्चारकर्मीले सरकारी कार्यालयका वेबसाइट नाम मात्रका रहेको गुनासो गरेका छन् ।
स्वास्थ्य सेवा कार्यालयको वेबसाइट स्थापना गर्दा राखिएको विवरणबाहेक अन्य केही नयाँ कुरा नराखिएको पत्रकार नरजन तामाङले बताउनुभयो । सो वेबसाइट चार वर्षअगाडि निर्माण गरिएको थियो । कार्यालयका पछिल्ला जानकारी राखेर अद्यावधिक गर्नुपर्नेमा त्यसो नगरी वेबसाइट छ भने मात्र देखिएको तर नयाँ कुरा केही पनि नराखिएको उहाँले बाउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय मात्र नभएर जिल्लाका डेढ दर्जनभन्दा बढी कार्यालयको वेबसाइट नाम मात्रका रहेको उहाँले बताउनुभयो । त्यसै नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले भन्सार, अद्यागमन, हिल्दुम विद्युत् वितरण केन्द्र, नापी, मालपोल कार्यालयको वेबसाइटको अवस्था पनि निष्क्रिय अवस्थामा रहेको बताउनुभयो । आफ्ना वेबसाइटमा सार्वजनिक महत्वका सूचना कार्यालयले अद्यावधिक नगरेका कारण सञ्चारकर्मीलाई बढी समस्या हुने गरेको उहाँले बताउनुभयो । वेबसाइटलाई अद्यावधिक नगर्ने कार्यालयलाई यसको महत्व, फाइदा र उपयोगिताका बारेमा जानकारी गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो । वेबसाइट अद्यावधिक नहुनुमा कर्मचारीलाई तालिमको व्यवस्था नहुनु पनि सक्ने सामाजिक विकास कार्यालयका सूचना अधिकारी भक्त शाहीले बताउनुभयो । प्रविधिसम्बन्धी ज्ञान नभएको सरकारी कार्यालयमा यो समस्या पुराना कर्मचारी भएका कार्यालयमा बढी रहेको उहाँले बताउनुभयो । वेबसाइट अद्यावधिक नगर्नु कार्यालयको कमजोरी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।