सडक ट्याक खोलेको ४८ वर्षपछि त्रिपुरासुन्दरी गाउँपालिका ५ र ६ पुग्ने बाल्का–टेकानपुर–तौथली सडक कालोपत्रे सुरु भएको छ । २०३३ देखि ०३८ सालसम्म नेपाल ओरियण्ड म्याग्नेसाइड उद्योगले उक्त १६ किलोमिटर दूरीको सडक ट्याक खोलिएको थियो ।
कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ ।
ताप्लेजुङस्थित प्रगतिशील लेखक सङ्घ नेपालको अध्यक्षमा प्रजिन हाङ्बाङ चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले हाङ्बाङ अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुग्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकार पूर्व लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारले यही चैत २७ गते पूर्व लगानी सम्मेलन आयोजना गर्दैछ । लगानी तथा विकास सम्मेलनको तयारी स्वरुप पूर्व लगानी सम्मेलन गर्न लागिएको हो ।
एकै आकार प्रकारका चिटिक्क परेका घर । बाटोमा विभिन्न प्रकारका रङ्गीन फूल, पाहुनालाई न्यानो स्वागत गर्ने चैलिङवासी । अर्गानिक होमस्टेका रूपमा चिनिन थालेको छ– चैलिङ गाउँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ मा रहेको चैलिङ गाउँ पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ आठ किलोमिटर दुरीको डाँडामा रहेको छ । नेवार समुदायको मात्रै बस्ती रहेको गाउँमा कला, संस्कृतिको आनन्दसँगै प्राकृतिक खानाको स्वाद लिन पाइन्छ ।
विसं २०५२ फागुन १ देखि तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र जनयुद्धलाई पूर्णविराम दिँदै तत्कालीन सरकार र द्वन्द्वरत पक्षबिच विस्तृत शान्ति सम्झौता भएको पनि १८ वर्षभन्दा बढी भइसकेको छ । २०६३ मङ्सिर ५ गते तत्कालीन सरकार र विद्रोही पक्षबिच शान्ति सम्झौता भएको थियो ।
कालीगण्डकी कोरिडोरमा पुल नहुँदा सवारीसाधन र यात्रुले सास्ती भोग्दै आएका छन् । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मीको रिडी–हर्मीचौर सडकखण्डमा पर्ने दिहिङखोला र बडहरेखोलामा पुल नहुँदा सवारीसाधनका साथै यात्रुले सास्ती खेप्नु परेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
हिमआरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एक शेर्पा घरपरिवारका चार दिदीबहिनीले सात महादेशका सात वटा अग्ला हिमालको आरोहण गर्न सुरु गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज अशोक कोइरालाको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
पाँचथर जिल्लाको अति सुक्खाग्रस्त र विकट स्थानीय तहका रूपमा चिनिन्छ तुम्बेवा गाउँपालिका । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका हो तुम्बेवा । १४७.३४ वर्ग
बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लाको लक्ष्मी माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ । २०७८ को साउन–भदौमा आएको अविरल वर्षाले सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको जोखिममा परेको हो ।
जिल्ला अस्पताल बैतडीमा दैनिक स्वास्थ्य परीक्षण गर्न आउने एक सयमध्ये २० जना मानिसमा मधुमेह, उच्च रक्तचापलगायत नसर्ने दीर्घरोग भेटिन थालेको छ ।
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।