हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
जलवायु सङ्कटको प्रभावबाट किसान र उनीहरूको जीविकोपार्जनको सुरक्षामा जोड दिँदै २४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेर दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायलाई समृद्ध बनाउनका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
नेपालको आर्थिक वृद्धि दक्षिण एसियाली मुलुकमध्येमै पनि निकै पछाडि रहेको पाइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता औद्योगिक क्षेत्र घोषणा भएको करिब १० वर्षपछि सोमबारदेखि सीमाङ्कन कार्य सुरु गरिएको छ ।
देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका ४३ वटा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
सामान्य दिनचर्याका लागि थुप्रै अप्ठ्यारा भए पनि ४६ वर्षीय रामबहादुर लिम्बू जीवनोपयोगी सिप सिकेर आत्मर्निभर बन्नुभएको छ । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने उहाँले मुढा बनाउने सिप सिकेर आत्मनिर्भर बन्दै आउनुभएको हो ।
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को खेलकुदको बजेटका सम्बन्धमा छलफल भएको छ ।