नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताउनुभएको छ।
फाउन्डेसनले बुधबार विज्ञप्ति जारी गरेर युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि दाहाललाई सरुवा गरिएको भन्दै विभिन्न माध्यमबाट प्रकाशित भएका समाचार भ्रामक, मिथ्य, मनगढन्ते र तथ्यहीन भएको जनाएको हो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण गरिएपछि ताप्लेजुङवासीमा खुसी छाएको छ । हेवा खोलामा बेलिब्रिज (मोटर गुड्ने पुल) निर्माणसँगै सञ्चालनमा आएपछि जिल्लावासीमा खुशी छाएको हो ।
घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियलले ओसासुनालाई १–० गोलले हरायो । रियलका लागि एमबाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रिने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उहाँको मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।
भोटेकोशी नदीमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ । कालीका इनर्जी लिमिटेडले करिब नौ अर्ब रुपियाँभन्दा बढीको लगानीमा आयोजना निर्माणको प्रस्ताव अघि सारेको हो ।
पाँचथरमा निर्मित ७० मिटर लामो बेलिब्रिज उद्घाटन भएको छ। बेलिब्रिजको उद्घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा गर्नुभयो।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा राप्तीले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब सिन्धुपाल्चोकलाई १–० गोलले हरायो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (बिहीबार) बस्ने भएको छ । आधा महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो ।
भारतले आफ्नो स्थापित ऊर्जा क्षमताको आधा हिस्सा गैर-जीवाश्म इन्धनबाट हासिल गरेर निर्धारित लक्ष्यभन्दा वर्षौअघि महत्त्वपूर्ण कोसेढुङ्गा पूरा गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दक्ष जनशक्ती पर्यटन क्षेत्रको महत्त्वपूर्ण अङ्ग रहेको बताउनुभएको छ।
पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउँदा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।
नेकपा (एमाले) संखुवासभाले यसै वर्ष करिब १ करोड रुपियाँ लागतमा नयाँ पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । खाँदबारी नगरपालिका –१ को पोखरी बजारमा रहेको पुरानो कार्यालय जीर्ण बनेपछि नयाँ भवन बनाउन लागिएको जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिनुभयो ।
आन्दोलन, चौतर्फी दबाब र नागरिकको बलिदानपछि जन्मिएको कर्णाली प्रदेशले बुधबार आफ्नो स्थापना तथा सहिद दिवस विविध कार्यक्रमसहित मनाएको छ।