• ४ भदौ २०८२, बुधबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

blog

सुदूरपश्चिम प्रदेश सभा ।

अविनाश चौधरी

धनगढी, भदौ ४ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (बिहीबार) बस्ने भएको छ । आधा महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो । प्रदेश सभा सचिवालयले दिनको ४ बजे सभाको बैठक बोलाएको छ । 

बिहीबार बस्ने प्रदेशसभा बैठकमा दुई वटा विषयवस्तु कार्यसूचीमा रहेको जनाइएको छ । बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सदनमा सामान्य छलफल हुने प्रदेश सभा सचिवालयका प्रवक्ता एवम् उपसचिव (कानुन) तेजप्रकाश जोशीले जानकारी दिनुभयो । 

यसैगरी, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने कार्यसूची रहेको उहाँले बताउनुभयो ।