• ५ भदौ २०८२, बिहिबार

‘चरणदास चोर’ मञ्चन

blog

उर्लाबारी, भदौ ५ गते । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन गरेको छ ।

स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा गत शक्रबार सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुने छ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।

नाटकको नेपाली रूपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो ।  नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मू, पुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रिष्मा लिम्बू र प्रसुना तिम्सिनाले अभिनय गर्नुभएको छ । स्रोतसाधन र प्रविधिको अभाव भए पनि साना गाउँसहरमा नाटकलाई जीवन्त रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण ‘चरणदास चोर’ मा हेर्न सकिन्छ ।