• ४ भदौ २०८२, बुधबार

नक्कली सुनलाई सक्कली भनी बेच्ने चार पक्राउ

blog

मकवानपुर प्रहरीले हेटौँडा बरामद गरेको पहेँलो धातु । । तस्बिर : मकवानपुर प्रहरी

राममणि दाहाल

मकवानपुर, भदौ ४ गते । मकवानपुर प्रहरीले नक्कली सुनलाई सक्कली सुन भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई पक्राउ गरेको छ ।

हेटौँडा उप–महानगरपालिका वडा न.११ सुकुम्बासी टोलस्थित त्रिवेणीचोकमा कोठा भाडामा लिई बस्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ का किशोर लामा गोले, बकैया गाउँपालिका ८ का सूर्यबहादुर नेगी, .वडा नं.७ का सेते लाल गोङवा र नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका १ भाल्चेका नाम्केल तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली सुनसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट सक्कली सुनसमेत प्रहरीले फेला पारेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चारै जनालाई कोठाभित्र फेला पारी खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा पिएएमपी लेखिएको सुन जस्तो देखिने पंहेँलो धातु ५० थान फेला परेको भन्दै मकवानपुर सुनचाँदी व्यवसायी संघमार्फत उक्त पहेँलो धातु परीक्षण हुँदा ४९ थान नक्कली रहेको र एक थान सुन रहेको पाइएको जानकारी दिनुभयो । 

हाल बजार मूल्य एक ६७ हजार ६९५ रुपियाँ रहेको एक थान १० ग्रामको सक्कली सुनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

४९ थान सुन जस्तो देखिने नक्कली पहेँलो धातुसहित मकवानपुरगढी गाउँपालिका २ का वर्ष ३४ का किशोर, बकैया गाउँपालिका ८ का वर्ष ४५ का सूर्यबहादुर, .वडा नं.७ का वर्ष ४४ का सेतेलाल र नुवाकोटका वर्ष ४८ का नाम्केललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ठगी उद्योग कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।