सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ ।
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।
सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका अगुवा कृषकहरूका लागि कृषि तालिम सम्पन्न भएको छ ।
कुमाल समुदायको प्रख्यात पाउदुरे नाच संरक्षणका लागि पहल थालिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताउनुभएको छ ।
प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट तयारीमा सरकार जुटेको हो ।
कालिगण्डकी नदीमा पुल निर्माण प्रक्रिया रोकिएको छ ।
महोत्तरीको मनरासिश्वा नगरपालिकामा दुई बालकको डुबेर मृत्यु भएको छ । सो नगरपालिका– १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका– ९ लखनपट्टी घर भई मामा घर आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको डुबेर मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
म्यानमारका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्रीले चौथो पटक कुनै बोलीकर्तालाई आकर्षित गर्न सकेन ।
बर्दियामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको छ ।
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ ।