भारत र चीनले नेपाललाई सहयोग जारी राख्ने जनाएका छन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगको बेग्लाबेग्लै भेटमा नेपालका लागि ती दुवै देशका राजदूतले सो जानकारी गराएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभयो ।
व्यास नगरपालिकाले स्थापना गरेको समता विद्यालयमा अध्ययन गर्ने अभिभावकविहीन बालबालिकाहरू यसपटक दसैँ आफ्नै घरमा परिवारसँग बिताउने अवसर पाउने भएका छन् ।
सरकारले काम सुस्त हुँदै आएका दुई राष्ट्रिय गौरवका आयोजनामा ठेकेदारसँग सम्झौता तोड्ने तयारी थालेको छ । सुनकोशी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजनामा ठेकेदारले ठिलाइ गरेका कारण ठेक्का यथास्थितिमा राख्न नसकिने जनाइएको छ ।
श्रमिक अभावले चिया टिप्न समस्या भएपछि चिया किसानले प्रविधिको सहारा लिन थालेका छन् । पछिल्लो समय इलामका किसानले चिया टिप्ने श्रमिक नै नपाउने र भेटिएका श्रमिकलाई पनि ज्याला बढी तिर्नुपर्ने भएपछि चिया टिप्ने मेसिन प्रयोगमा ल्याएका हुन् ।
केन्द्रीय कारागारबाट फरार कैदी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार कैदी ३४ वर्षीय विनोद दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । कांग्रेस नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन् ।
बडा दसैँ एवम् नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७२ पैसा र बिक्रीदर १४२ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारी सम्बन्धमा छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते नै सम्पन्न हुने गरी निर्वाचनको तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
बर्सातले भत्किएका राजमार्ग र त्यसमाथि बारम्बार पहिरो गएर ४८ घण्टासम्म जाम हुन थालेपछि दसैँका लागि अग्रिम टिकट काटेकालाई अघिल्लो दिनै निश्चित गरेर मात्र बसपार्क जान आग्रह गरिएको छ । नियमितभन्दा फरक रुटबाट पनि जानुपर्ने अवस्था भएकाले अग्रिम टिकट काट्नेलाई काउन्टरमै ब्रिफिङ गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले दशैंलाई लक्षित गरी सुपथ तथा सस्तो मूल्यको खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सो पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशका नेताहरुले जेनजी आन्दोलनको क्रममा कांग्रेसमाथि भएको हमलालाई सामान्य मान्न नसकिने निष्कर्ष निकालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ ।
दसैँका लागि पछिल्लो ६ दिनमा दुई लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्।