सिन्धुली जिल्लामा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा नापी कार्यालयका कर्मचारी सेवाग्राहीको अभावमा फुर्सदिला भएका छन् । जिल्लामा जग्गाको वर्गीकरण नभई कित्ताकाट रोकिँदा सेवाग्राहीको अभावमा कार्यालय सुनसान नै बनेको छ ।
कालीकोटको रास्कोट नगरपालिका–८ का ६८ वर्षीय जय लुवार र होइजाली लुवार गिट्टी कुटेर दसैँखर्च जोहो गर्न लाग्नुभएको छ । बुढेसकालमा छोराहरूले वास्ता नगरेपछि चाडपर्वको खर्च जुटाउन उहाँहरू सडक किनारमा बसेर गिट्टी कुट्न थाल्नुभएको छ । जयको त सामाजिक सुरक्षा भत्ता पनि आउँछ तर श्रीमती होइजालीको भत्ता आउँदैन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
चाडपर्वमा अमनचयन खलबलिन नदिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो ।
कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको बैठक बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बस्दैछ । प्रदेशको वर्तमान राजनीतिक परिस्थिति र सरकारको नेतृत्व सङ्कटबिच बस्न लागेको यस बैठकलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।
मुग्लिङ–मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङखोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलामा पुनः पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका—१ खनियाबासका कृष्ण माझी ४२ वर्ष पुग्नुभयो । उहाँले अहिलेसम्म पनि आफ्नो घरमा जमरा राखेको देख्नुभएको छैन । दसैँ नमनाउने भएर जमरा नराखिएको होइन ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।
टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् ।
कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् ।
दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् ।