शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एक विद्यालय एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिनुभएको छ।
धनकुटाको सहिदभूमि गाउँपालिका –६ चाम्चास्थित टप्पुदेवि माविमा पानीपुरी र चटपटे खाँदा १५ जना विद्यार्थी बिरामी परेका छन् । मंगलबार विद्यार्थीहरुले खाजा खाने बेलामा खाएको पानीपुरी र चट्पटे खाँदा बिरामी परेको बताएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाएर अघि बढ्नुको विकल्प नभएको भन्दै त्यसका लागि मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य मन (४० किलोग्राम) मा आठ रुपियाँले घटेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ।
सुदूरपश्चिम प्रदेशमा चाडपर्वको बेला शान्ति, सुरक्षा कायमका लागि पाँच हजार ७७ प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार सार्वजनिक सेवा प्रसारणअन्तर्गत रेडियो नेपालको सिंहदरबारस्थित कार्यालयको निरीक्षण गर्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवा जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गर्नुभएको छ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभएको छ।
कीर्तिपुर वर्न अस्पतालमा उपचारत नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ।
श्रीलङ्काका अध्यागमन प्रमुख हर्षा इलुक्पिटियालाई मङ्गलबार दुई वर्षको जेल सजाय सुनाइएको छ । यो कदम सरकारको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत जेल परेका पछिल्लो उच्च अधिकारीसँग सम्बन्धित छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले न्युयोर्कमा एसियाली समकक्षीसँगको वार्तामा इन्डो-प्यासिफिकमा शान्ति र स्थिरताका लागि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सम्बन्ध ‘महत्वपूर्ण’ रहेको बताउनुभएको छ ।
रुसी अधिकारीले युक्रेनी नागरिक बन्दीहरूलाई ‘व्यापक र व्यवस्थित ढङ्गले’ यौन हिंसासहित यातना दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।