• ८ असोज २०८२, बुधबार

खनाल पत्नी चित्रकारलाई थप उपचारको लागि भारत लगियो

blog

फाइल तस्बिर

काठमाडौँ, असोज ७ गते। कीर्तिपुर वर्न अस्पतालमा उपचारत नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई  थप उपचारका लागि भारत लगिएको छ। 

कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले चित्रकारलाई थप उपचारको लागि परिवारले भारत लगेको जानकारी दिनुभयो। 

उहाँ भन्नुहुन्छ, “अस्पतालमा उपचाररत चित्रकारलाई परिवारको इच्छा अनुसार थप उपचारको लागि सोमबार भारत लैजानुभयो।”

आगोले उहाँको शरीरको १५ प्रतिशत भाग जलेको छ। देब्रे हात अत्याधिक जलनको कारणले गर्दा कामै नलाग्ने अवस्थामा छ।  धुँवाले श्वासप्रश्वास नलीमा असर गरेकोले उहाँको छातीमा सङ्क्रमण फैलिएको छ।