ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
महान् पर्व बडादसैँलाई लक्षित गरी बागलुङ नगरपालिकाले पहिरोले झण्डै तीन महिना ठप्प रहेको मालढुङ्गा–कुश्मीसेरा सडकअन्तर्गत एक्लेसालको पहिरो पन्छाएर सवारीसाधन चलाउने तयारी थालेको छ ।
तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी ज्यान गुमाएका १६ बालबालिकाका परिवारले राहत पाएका छन् ।
जेएनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा पुगेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले मङ्गलबारदेखि सेवा सुरु गरेको छ ।
कोलम्बो स्पोर्ट्स कम्प्लेक्समा सोमबार राति भएको समूह ‘बी’को अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई १–० गोलले हरायो ।
बालोन डी’ओर अवार्ड फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर औसमाने डेम्बेलेले जित्नुभएको छ ।
वरिष्ठ गीतकार नारद पोखरेलको शब्द सिर्जनामा तयार ‘आमाको सपना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ । उहाँलाई राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको हत्या संलग्नतामा दोषी ठहर गरिएको हो ।
एन्फाले मङ्गलबार पुस ९ देखि असार २६ सम्म ‘ए’ डिभिजन लिग गर्ने गरी क्यालेन्डर सार्वजनिक गरेको हो ।
ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ ।
आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ। प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटीमा तीन सय ४८ सदस्यीय रहेको छ।
सिङ्गापुरस्थित ढुवानी कम्पनी एक्स-प्रेस फिडर्सले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तामा श्रीलङ्काको सर्वोच्च अदालतले आदेश दिएको एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्न अस्वीकार गर्ने जनाएको छ ।
जिल्ला सदरमुकाम धादिङबेँसीस्थित पुछारबजारमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धादिङले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट निस्किएका ४७ प्रतिशत कैदीबन्दी अझै फर्किएका छैनन्। भदौ २४ गते साँझ कारागार खाली गरी बाहिरिएकामध्ये मङ्गलबारसम्म चार सय चार कैदी, बन्दी फर्किएका छन्।
विश्व नेताहरु यस हप्ता संयुक्त राष्ट्र महासभाको ८० औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ ।