पछिल्ला केही दिनदेखि सिद्धार्थ राजमार्ग भएर ओहोरदोहार गर्ने सवारी साधनको सङ्ख्या बढेको छ । मुग्लिन नारायणगण सडक खण्ड अस्तव्यस्त भएसँगै पश्चिम जाने यात्रु र सवारीसाधानको रोजाइमा सिद्धार्थ राजमार्ग परेको हो ।
यहाँको गोलबजार नगरपालिका–१३, डङ्ग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ति नै तानेपछि साँगुरीगढी नौ घर जोखिममा परेका हुन् ।
आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।
देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नवरात्रको पहिलो दिन घटस्थापना गरिएसँगै दसैँको विधिवत सुरुवात भएको छ । नवरात्रभर बागलुङ कालीका मन्दिरमा हजारौं भक्तजन आएर पूजा गर्छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले वर्तमान संविधानलाई संशोधन, परिमार्जन वा आवश्यक परे पुनर्लेखन नगरी जेनजीले उठाएका माग र मुद्दाहरूको प्रभावकारी समाधान सम्भव नदेखिने बताउनुभएको छ ।
बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार ।
पछिल्लो समयमा कानमा समस्या भएर उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरुमा पुग्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
धवलागिरि हिमालको काखमा रहेको दुर्गम बस्ती बगरका स्थानीयवासी पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जेल्टुङ–नारउरा सडक अन्तर्गत लप्सीखोल्सामा पहिरोले सडक बगाएपछि जिल्लाको धवलागिरि गाउँपालिका–४, बगर र जेल्टुङका गाउँले डोरीको सहायताले जोखिम मोलेर भिर वारपार गर्न बाध्य भएका छन् ।
कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको भीरकोट नगरपालिका–३ का यमबहादुर रोकालाई पक्राउ गरिएको हो ।
पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारीका घटनामा कमी आउन थालेको छ । लामो समयदेखि गैँडाको चोरीसिकारीका घटना भएका छैनन् ।
जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ ।
प्युठानको झिमरुक गाउँपालिका–८, टिमुरचौरमा महिला र पुरुष हातमा हँसिया र टाउकोमा डोको बोकेर बारीमा मकै काटिरहेका थिए । कसैले मकै बोक्ने काम गरिरहेका छन् भने कसैले काटेका मकै थुपार्ने काम गरिरहेका देखिन्छन् । यो केवल खेतबारीको दृश्य होइन, यो गाउँको सांस्कृतिक झलक पनि हो । यो गाउँमा दुःख पर्दा सबै मिलेर उठ्ने परम्परा अझै जीवित छ ।
सिमकोट गाउँपालिका– ८ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको नयाँ सुविधासम्पन्न भवनबाट वडा कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको हो ।
बर्दियामा अझै पनि कुपोषण भएका बालबालिकाको सङ्ख्या न्यूनीकरण हुन सकेको छैन । बालबालिकाको खानपान र स्याहारसुसारको कमीका कारण पाँच वर्षमुनिका बालबालिका कुपोषित भएका हुन् ।