मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘आतङ्कवादी’ समूह हमास र अन्य गुटलाई कडा चेतावनी दिँदै प्यालेस्टिनी प्राधिकरणलाई हतियार समर्पण गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सदस्य विश्वप्रकाश शर्माले कुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्ने बताउनु भएको छ।
न्युजिल्यान्डकी एक आमालाई आफ्ना दुई सन्तानको हत्या गरी शव सुटकेसमा राखेको आरोपमा दोषी ठहर गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँग खेल्ने सिरिजसँगै नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेभएको छ ।
चाडपर्वलाई लक्षित गरी पाल्पाका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत चेङ्ग सोङ्गले मंगलबारका दिन छुट्टाछुटै शिष्टाचार भेट गर्नुभयो।
काठमाडौँ महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राख्नुभएको छ।
नेपालगन्ज–१, धम्बोझीमा मङ्गलबार दिउँसो मोटर साइकललाई ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकल चालक कर्णबहादुर थापाको मृत्यु भएको छ ।
अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाका गड्डाचौकी भएर महेन्द्रनगर आउने भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली लागू गरेको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
बर्खा सकिएर हिउँद लागेसँगै नयाँ घर निर्माण गर्ने तयारीमा रहेकाले घर बनाउन सुरसार गर्छन्। प्रायः गरेर भदौ महिनाबाट तराई मधेशमा नयाँ घर बनाउन थाल्ने गरेको पाइन्छ।
निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले शान्ति, स्थिरता र सुशासनका लागि अझ धेरै काम गर्न जरुरी भएको बताउनुभएको छ ।