नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालको श्रम बजार चुनौतीपूर्ण रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको श्रम बजारको अवस्थाबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्रमिकलाई उत्साहितभन्दा निरुत्साहन गर्ने प्रवृत्ति रहेको भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारका मन्त्रीलाई द्रूत गतिमा कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।
सक्षमविक्रम शाह र प्रदीप खड्का ११औँ सिटिजन्स बैँक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा मङ्गलबार क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
डिभाइडर नहुँदा सडक दुर्घटना बढेपछि दाङको घोराही बजारमा भित्री सडकहरूमा डिभाइडर बनाउन सुरु गरिएको छ । गत चैत ५ गते गोरखापत्र अनलाइनमा ‘डिभाइडर नहुँदा सडक दुर्घटना बढ्यो’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरिएको थियो ।
भगवती स्पोर्ट्सले नमोबुद्ध युवा क्लबलाई २–१ गोलले हरायो । भगवती स्पोर्ट्सको जितमा एम डि सानी र आकाश राईले गोल गर्नुभयो ।
ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत योजना निर्माण हुने भएको छ। पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत सुविधा पुर्याउन नागपोखरी लघु जलविद्युत योजना निर्माण गरिने भएको हो।
पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगितामा चापाकोट नगरपालिका ‘ए’ले विजयी सुुरुवाात गरेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ झारकोट गाउँमा रहेको तोरा ताल पर्यटकको पर्खाइमा छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबिचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावका कारण रोजगारीको अवसरबाट युवाहरू बञ्चित हुनु परेको बताउनुभएको छ ।
सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल हुँदै लुम्बिनी प्रदेशको राजधानी जोड्ने विपी मार्ग स्तरोन्नति भएसँगै स्थानीयलाई सहजता भएको छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । पुलको करिब ६८ प्रतिशत काम पूरा भएको छ ।
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।
मकवानपुर प्रहरीले लागु औषध अफिमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । तीन किलो ८६० ग्राम लागु औषध अफिमसहित हेटौँडा–११ थानाभर्याङका ठाकुर सिंह मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।