• ८ असोज २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडीको हुन् ? 

पुरुषतर्फ : ओस्मान डेम्बेले (फ्रान्सका फरवार्ड) 

महिलातर्फ : आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)

अन्य विजेता

उत्कृष्ट पुरुष टोली : पिएसजी

उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके 

उत्कृष्ट गोलरक्षक : डोनारुमा 


२. नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ? 

मनोज सिलवाल 

विसं २०८२ असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको । 

प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी समालिसकेका सिलवालले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका ।

यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्त गरिएको । 


३. सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन ग¥यो ? 

एआइजी मनोज केसी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई चयन गरिएको ।

डा. केसी यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो ।

डा. केसीले भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख चन्द्रकुवेर खापुङ आइजिपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।


४. जेनजी आन्दोलन (विसं २०८२ भदौ २३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो ? 

विसं २०८२ असोज ५ 

असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेकोे । 

सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको ।

आयोगको कार्यावधि तीन महिना तोकिएको ।


५. दुधकोशी–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

७० मेगावाट 

आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने । 

यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको ।

लागत अनुमान : करिब १५ अर्ब 

भारतीय कम्पनीबाट नेपाली कम्पनीले स्वामित्व लिएसँगै दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको । यो आयोजनामा लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको अगुवाइ, एभरेष्ट बैङ्क लिमिटेडको सहअगुवाइ र सानिमा बैङ्क लिमिटेडको सहभागितामा लगानी व्यवस्थापन भएको । विसंं २०८२ असोज ५ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ।


६. लोक सेवा आयोगद्वारा विसं २०८२ असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो ? 

जुम्ला 

सिफारिस भएका कुल उम्मेदवार ः २५९२ (पुरुष ः १६९०, महिला ः ९०२)

सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल पाँच जिल्ला ः जुम्ला (११५), स्याङ्जा (९२), गुल्मी (८०), धनुषा (७२) र काठमाडौँ (७१)

 – सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला ः सर्लाही (१८,४४२), धनुषा (१५,७८४), बारा (१५,७३७), महोत्तरी (१५,४५२) र रौतहट (१४,७५३)

सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्ला ः मनाङ (१५), मुस्ताङ (५३), रसुवा (३३४), रुकुमपूर्व (७६६) र डोल्पा (१,०१४)


७. सिंहदरबारको निर्माण कसको पालामा भएको हो ? 

चन्द्रशमशेर 

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको सिंहदरबार यस पटक समेत गरी दुई चोटि आगोको चपेटामा परेको ।

पहिलो पटक आगलागी : विसं २०३० असार २५ (प्रधानमन्त्री : कीर्तिनिधि विष्ट)

दोस्रो पटक आगलागी : विसं २०८२ भदौ २४ (प्रधानमन्त्री : केपी शर्मा ओली) 

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका । सिंहदरबारमा विभिन्न मन्त्रालयसमेत भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि मन्त्रालयका महìवपूर्ण दस्ताबेजहरू जल्न पुगेका । 


८. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ?

आयरल्यान्ड

९. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? 

हास्य व्यङ्ग्यकार कृष्ण प्रधान 

पुरस्कार राशि : रु. एक लाख ११ हजार १११ 

भैरव वाङ्मय पुरस्कार : चित्र कलाकार हरिप्रसाद शर्मा (राशि : रु. एक लाख ११ हजार १११)

भैरव प्रतिभा पुरस्कार : विवश पोखरेल (राशि : रु. ५१ हजार १११)


१०. दर्ता भएका टे«डमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ? 

एक वर्षभित्र 

टे«डमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई कडाइका साथ पालना गराउन लागेको बताएको । 


११. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ? 

असोज २ 

आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता 


१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? 

सेप्टेम्बर ८ 

सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन) 


१३. विसं २०८२ मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? 

रमेश भुषाल (कृति : छालबाटो)

पद्मश्री साधना सम्मान : रमा शर्मा 

पद्मश्री गौरव पुरस्कार : प्राडा अभिनारायण सुवेदी 

यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको । 


१४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ ? 

सन् २०३०


१५. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

जापान


१६. नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन् ? 

निर्मला शर्मा

नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी । 

महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको । 

महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको । 

महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका ।

१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?

सन् २०१६ सेप्टेम्बर १९ 


१८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

भदौ २०


१९. सुशासन पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार (२०८१) बाट रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) सम्मानित भएका । 

आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको । 

पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पु¥याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको । 


२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

मोहन कोइराला 


२१. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ? 

सिङ्गापुर 

सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको । 

सर्वेक्षण अनुसार सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा परेको जनाएको । 

पुरुष र महिलाबिच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको । साथै ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका । 


प्रस्तुतकर्ता : टङ्क केसी