• २२ मङ्सिर २०८२, सोमबार

चियुवानमा संस्कृति तथा कला सप्ताह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते  । ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ नाराका साथ चीनको चियुवान सहरमा पहिलो राष्ट्रिय संस्कृति तथा कला सप्ताह र ‘बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता’ आयोजना गरिएको छ ।  कार्यक्रम ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ ले संयुक्त रूपमा आयोजना गरेको हो । कला सप्ताहले चिनियाँ परम्परागत संस्कृतिको उत्खनन गर्ने, चियुवानको सांस्कृतिक–पर्यटनको प्रवर्धन गर्ने र ‘हनान घुमौँ, चीन बुझौँ’ अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य राखेको छ ।

कार्यक्रममा बाँदर नाच, युद्धकला र नृत्यका मनमोहक प्रस्तुति देखाइएका थिए । करिब तीन सय जना देशभरका ‘सुन्दर बाँदर राजा’ प्रतिस्पर्धीको सामूहिक प्रस्तुति उपस्थिति दर्शकका लागि मुख्य आकर्षण बनेको थियो । कार्यक्रममा प्रसिद्ध कलाकार र चीन–नेपाल सांस्कृतिक दूत लियु स्याओलिङथोङ पनि उपस्थित हुनुहुन्थ्यो ।

कला सप्ताहमा लोककथा, कला प्रदर्शन, अन्तर्राष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवर्धन र विद्यालयस्तरका प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।