“हामी जति सुखी मानिस यस संसारमा होला कि न होला प्रताप बाबु ?” एकचोटि दीक्षाले प्रतापको अँगालोभरि बाँधिएर सोधेकी थिइन् ।“सुख अनुभूति गर्नु पनि एउटा कला हो, सुख अनुभूति गर्न सन्तोष
यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ । बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातिको बेला झिझिया नृत्य पनि सुरु भएको छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिला क्षेत्रमा झिझिया नृत्यको रौनक छाएको हो ।
हालसम्म बसपार्क नभएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नयाँ बसपाार्कको निर्माण कार्य धमाधम भइरहेको छ । कर्णाली प्रदेश सरकारको आार्थिक सहयोगमा जिल्ला मै पहिलो बस पार्क निर्माण गर्न लागिएको हो ।
सङ्घीयता कार्यान्वयनसँगै निर्माण भएको नवलपुर जिल्लामा हालसम्म कारागार बन्न सकेको छैन । नवलपुर प्रहरीले जिल्लामा कारागार नहुँदा कैदीबन्दी ओसारपसारमा निकै समस्या भोग्नु परेको गुनासो गरेको छ ।
दसैँतिहारको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर मुस्ताङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि घरपझोङ गाउँपालिका–३, पुथाङ एयरपोर्टमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रमुख जनक श्रेष्ठले बताउनुभयो ।
मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सङ्घीयताविरुद्धका कुनै पनि षड्यन्त्र आफूहरूलाई स्वीकार नहुने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला भएको बताएका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका अन्तर्गतको मुदीस्थित विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहणका आरोहीहरू आधार शिविर पुग्न थालेका छन् । चालु शरदयामका लागि आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न पर्यटन विभागबाट अहिलेसम्म स्वदेशी र विदेशी गरी २४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् ।
चितवनको बस्ती विकासमा भएको जग्गासम्बन्धी प्रमाणपुर्जा जेनजी समूहको आन्दोलनका क्रममा गरिएको आगलागीमा जलेर नष्ट भएको छ । बस्ती विकास लागि जङ्गल फँडानी गर्न दिएको अनुमतिपुर्जा,
सप्तरीको राजविराजस्थित राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत स्वास्थ्य कार्यालय अगाडि नेपाल खानेपानी संस्थान कार्यालयको लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती ब्यहोर्न बाध्य भएका छन् ।
दसैँका लागि देश–विदेशबाट घर फर्कने यात्रुको सहजताका लागि बुटवलमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ । घटस्थापनाको दिनदेखि सञ्चालनमा आएको यस कक्षमार्फत बाटोखर्च नहुने यात्रुलाई समेत सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि सर्भेको काम सकिएको छ । चार लेन सडक निर्माणका लागि लागि सर्भे सकेर अहिले साइट भेरिफेकेसनको काम सुरु भएको हो ।
पाँचथर जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।
जिल्लाको अदानचुली गाउँपालिकामा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जनताको घरआँगनमै पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन गरी वितरण गर्न थालेको हो ।
गत भदौ २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा २१ करोड रुपियाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ । क्षति मूल्याङ्कन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार ३४५ रुपियाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ ।