“हामी जति सुखी मानिस यस संसारमा होला कि न होला प्रताप बाबु ?” एकचोटि दीक्षाले प्रतापको अँगालोभरि बाँधिएर सोधेकी थिइन् ।“सुख अनुभूति गर्नु पनि एउटा कला हो, सुख अनुभूति गर्न सन्तोष चाहिँदो रहेछ । तिमी समझदार छ्यौ, मसँग सम्झौता गछ्र्यौ र म तिमीलाई मेरो अत्यन्त सामीप्य ठान्छु, यही नै सुख हो रहेछ ।” प्रतापले जवाफ दिएको थियो ।
यो सृष्टि लम्याउने दुई तìव प्रकृति र पुरुषका सम्मिलन नमुना बनेका उनीहरूमा नहुँदा पनि पूर्णताको अनुभूति भइरहँदो रहेछ ।
प्रताप र दीक्षाका दिनचर्यामा डाह गर्ने छरछिमेकमा थुप्रै थिए । सकेसम्म उनीहरू बाहिरी मानिसको यस्तो निन्दाचर्चाको वास्ता राख्दैन थे । प्रताप भन्थ्यो, “बुझ्यौ, दीक्षा ! आफू भलो त जगत् भलो । हामी सबैको भलो गरौँ । हामीलाई त्यसै सुख मिल्छ ।”
मन मिल्यो । मन मिलेर नै त जीवन बिताउनको लागि वैवाहिक सम्बन्ध गाँसियो । दीक्षा आफ्नो विगत सम्झन्छिन्– काभ्रेको पहाडघर नाम मात्रको छाप्रोमा असमयमा नै विधुवा बनेकी एक्ली आमाले हुर्काएकी उनी प्रत्येक पाइलामा सङ्घर्ष भोग्दै आएकी हुन् । पढ्नका लागि त्यति नै कष्ट सहेकी उनको उच्च शिक्षाको प्रारम्भमा विघ्न आइयो । माथि चढ्न र अगाडि बढ्न उनलाई समयले छेकेछ । गरिबीले हेपेछ । रोगले थलिँदै गएकी बुढी आमाको घिडघिडो बनेकी दीक्षाका लागि उनको बिहे नै एउटा ठुलो समस्याका रूपमा रहेको उनले बुझ्दै गइन् । गाउँमा विभिन्न लमी आए । उनले बाल्यकालमै बुझे अनुसार महिलालाई बेचबिखन गर्ने गिरोह पनि त्यतै सव्रिmय हुँदै थिए । आमाको मन शान्त पार्न र सम्भावित त्यस्ता अपराधीको पन्जाबाट उम्कन उनले बिहे मात्र समस्या समाधानको उपाय सोचेर पल्लो गाउँको ढकालको कान्छो छोरो नरहरिसँग विवाह गरिन् । दुःखमा समय बिताउँदै भावी संसारको मिठो सपना देख्दै थिइन् । बिग्रेको नासिएको घरपरिस्थितिलाई सुधार गर्दै आयस्रोतको बाटो पनि बनाउँदै थिइन् । दैवले उनको जीवनमा भुल्नै नसकिने प्रहार गयो । नरहरि एकरातकै व्यथाले परलोक गयो । उनी विक्षिप्त बनिन् । सम्हालिन खोज्दाखोज्दै परिस्थितिले साथ दिएन । देवर, जेठाजु र ससुरासमेतबाट उनलाई त्यस घरबाट निकाल्न षडयन्त्र चल्यो । त्यो सहन नसकी आत्महत्याको प्रयासमा अचानक भेटिएको प्रतापको उद्धार कार्य नै अहिलेको दीक्षाको सुखी जीवन बनिरहेको थियो ।
आफ्नो जीवन उद्धारक प्रतापलाई उनी त्यसै भएर पनि एकछिन छोड्न चाहन्नन् । सधैँ भरोसा लाग्ने जीवनसाथी बनेको प्रताप उनलाई असाध्यै राम्रो लाग्छ । उसको मिलेको शरीर गोरो मुहार सेता मिलेका दाँत र सधैँ हाँसेको देखिने उसका दुवै ओठले साँच्चिकै पुरुषत्व समर्पण गरिरहेका थिए उनलाई । कतै नबिझाउने कतै नदुखाउने सधैँ सजिलो र शीतलता छरिरहन सक्ने प्रतापका बोलीचाली र उनलाई गर्ने व्यवहारमा उनले गुण मात्र देखिरहन्छिन् ।
कहिलेकहीँ उनलाई दोष नभएको मानिस पनि हुँदा रहेछन् जस्तो लाग्छ । भन्न त भन्थे ब्रह्माका सृष्टिका वस्तु दोषरहित हुँदैनन्, ब्रह्मा स्वयंमा पनि दोष थियो रे । म किन यति उनीप्रति मोहित छु, मोहित हुनुकै कारण दोष नदेखिएको पनि होला वा उनी साच्चै दोष रहित हुन् ? उनीसँगै उनका विचार धमिल्याउने खालका प्रश्न पनि देखापर्दथे । उनी पन्छाउँदै जान्थिन् ।
यति धेरै सम्पत्तिको खेलोमेलो नगरे पनि दैनिक खान लाउन सुखैसित पुगेका उनीहरूका त्यति ठुला परिश्रमका काम पनि थिएनन् । फुर्सद लिएर दिनभर बरालिने आदत पनि थिएन । घर बसे घरैमा सँगै र बाहिर गए बाहिर सँगै नारिएको जीवन शैलीले उनीहरूको बिचको प्रेम र वास्तविक पतिपत्नीको प्रेमको परिभाषा दिइरहेभैmँ लाग्दथ्यो । नयाँ नयाँ बसोबाससँगै नाम फेरिएको त्यस बस्तीलाई आजभोलि सबै जना मनोहर बस्ती भन्दछन् । काठमाडौँ उपत्यकाको पूर्वी भूभागमा रहेको सो ठाउँ पहिले भक्तपुर जिल्लामा पथ्र्याे र अहिले काठमाडौँ जिल्लाको क्षेत्राधिकारमा पर्दाेरहेछ ।
ग्रामीण क्षेत्रबाट विकसित बनेको त्यो ठाउँ पहिले त दिउँसै स्याल कराउने र एक्लै दुक्लै हिँड्न डर लाग्ने ठाउँ नै हो । आजभोलि मान्छेले जितेर जुनसुकै ठाउँमा पनि मानिस बस्छन् । मसानघाटमा पनि ठुलाठुला भवन बनाएर मानिस बसेको देखिन्छ । भिरालो पाखो बिनसित्तीको त्यो ठाउँ अहिले सबैभन्दा महँगो भएको र विभिन्न जिल्लाका ठुलाबडाहरू त्यहाँ बस्न थालेका छन् । प्रताप अधिकारीको चार पाँच पुस्ताले यस भूभागमा जीवन बिताए । उनीहरूको आफ्नै इज्जत र प्रतिष्ठा थियो । समय अनुसार धन र मान नभए पनि हिङ बाँधेको टालोको इज्जतले उनीहरूको स्वाभिमान जोगाइरहेको थियो । सबैका बिच सद्भाव र मैत्री सम्बन्ध उनीहरूको खानदानी गुण हो । प्रतापमा पनि यस्तै स्वभाव थियो । कसैलाई भनी बिझाउने, गरी रिसाउने र नोक्सान हुने काम ऊबाट हुँदैनथ्यो । जसले जति पढेगुने र उच्च ओहदा सम्हाले पनि असल मान्छेमा हुनुपर्ने गुण खोज्दै जाँदा दृष्टान्तमा प्रताप नै आउँथ्यो ।
हिउँद महिनाको मध्याह्न बेलामा प्रताप र दीक्षा दुवै जना घाममा बसेर सुन्तला खाँदै थिए । एउटी किशोरी त्यहाँ टुप्लुक्क आइपुगिन् । उनीहरूले चिनेनन् र चिनारी सोधे । उनले जवाफमा भनिन्, “म कर्णेल साहेबको घरबाट आएको । कर्णेल्नी सापले हजुरलाई बोलाएर ल्याउनु भन्नुभएकाले म बोलाउन आएको ।” दीक्षाको मुखमा हेर्दै उनले बोलेपछि कताकता देखे जस्तो र चिने जस्तो लागेकी ती युवतीलाई दीक्षाले आफ्नो नजिकको सुकुलमा बस्न आग्रह गरिन् ।
“गएर आउन त, मान्छे नै बोलाउन पठाएपछि पुगेर आउनु पर्छ,” प्रतापले यसै भनेको थियो
कर्णेल्नीको घरबाट फर्कंदा दीक्षाको एक दुई घण्टाको समय बितेछ ।
कर्णेल्नीको घरबाट फर्केकी दीक्षाको अनुहारमा मलिनता थियो । आफ्नी पत्नीको अनुहार सितिमिती मलिन नदेखेको प्रतापलाई केही जिज्ञासा थपिएछ क्यार, उसले सोध्यो “कर्णेल्नीसँगको भलाकुसारी कस्तो रह्यो त ?” दीक्षा निकैबेरसम्म बोलिनन् । प्रतापले सोही प्रश्न दोहो¥याउँदा उनले भनिन्, “मानिसहरू आफू धनी भएँ भन्दैमा अरूलाई किन हेप्छन् होला ?”
“हेप्न देऊ न त, हामीलाई हेप्नेलाई दैवले नहेपोस्,” प्रतापले सामान्य रूपमा दीक्षाको मन बुझाउने प्रयास ग¥यो । नारी मनमा नबोल्ने र बोल्न नहुने धेरै कुरा हुँदा रहेछन् । कर्णेल्नीको घर गएर आएपछिको दीक्षाको मनस्थिति अलि एकोहोरो देखिन थालेको छ ।
एउटै गाउँ ठाउँको एउटै बाटोमा हिँड्दा डुल्दा ठक्कर पनि लाग्छ । कहाँ के चित्त बुझ्दैन भनाभन पनि हुन्छ । एक चोटि त्यस्तै भएको थियो, खोल्सा पारिकी थपिनीसँग दीक्षाको भनाभन पयो । त्यो बेला थपिनीले मुख छाडेर नानाभाँती गाली गलोज गर्दै भनेकी थिई, “उमेर छउन्जेल केटा डुलाएर हिँड्दै पाठा फ्याल्दै ठिक भो, बाँझी आइमाई बडो फुर्ती गर्छे ।”
दीक्षाले आफ्नो सोझो गरेर खाँदा बस्दा पनि गाउँलेलाई किन रिस उठ्दो होला ? बेला बेलामा त्यस्तै कुराले अशान्ति गराउँदै थिए । कति कुरा त आफ्नै जेठानी सौगातले भनेकी थिइन्, “हेर बैनी, तिमी घरै बस्छ्यौ, कसैको क्यै सुन्न पर्दैन, म त बाहिर निस्किरहनु पर्छ, बाहिर केके सुन्छु, तिमीलाई हर्केको रखौटी पनि भन्दा रहेछन्, काभ्रेमा हुँदा गोपी र शेरबहादुरसँग तिम्रो गोप्य सम्बन्ध भएको भन्ने पनि चर्चा चल्दो रहेछ, सबैले तिम्रो चरित्रमाथि पनि दाग लगाउँदा रहेछन् ।” यस्तै कुरा सुनिरहँदा दीक्षा असाध्यै छटपटीमा पर्थिन् । प्रताप दीक्षाको मनोभाव बुझ्थ्यो र भन्थ्यो, “देशका संस्कार र आदर्श नभएका राजनीतिक दल जस्ता बाहिरका ती आइमाईसँग भेटघाट र सम्पर्क नै नराख भनेको मान्दिनौँ, अनि अनेक कुरा सुनेर आफ्नो दिमाग खराब पाछ्र्यौ ।” प्रतापका दीक्षालाई सम्झाउने शैली हुन्थ्यो, “शत्रु हुन्छन् । मानिसको शत्रु मानिस नै बन्दा बढी डर हुन्छ । हाम्रा दुई आँखामध्ये एक आँखा अर्काे आँखाको शत्रु बन्दछ । अरू कुरा के गर्नु, शत्रुरहित जीवन हुँदैन । सबैभन्दा होश पु¥याउनुपर्ने कुरा चाहिँ तिमी र म हौँ है, हामीले शत्रुत्व जन्मन दिनु हुँदैन ।”
त्यसपछि प्रताप र दीक्षाका दिनचर्यामा धेरै फरकपन पनि आए । कति कुरा पुरानै पनि दोहोरिए । जीवन जसरी चलाए पनि चल्छ, प्रताप र दीक्षा यसै भन्छन् र यसै गर्छन् । जीवनमा उकाली ओरालीका घामछायाका प्रभाव सबैमा पर्छ ।
एक दिन चैत महिनाको अन्त्यतिर बस्तीको वातावरण सुनसान थियो । आकाशमा तुवालो लागेको देखिन्थ्यो र जमिन तातेको अनुभव पनि भइरहेको थियो । उत्तिसघारीबाट झरेका पातपत्कर कहिले उत्तर र कहिले दक्षिणतिर उड्दै थिए । यही हावा लागेर होला बस्तीमा शीतलता पनि छरिँदै रहेछ । आफ्नो घर अगाडिको भोगटेको फेदमा बसेर गफ गरिरहेका प्रताप र दीक्षा भोगटेका फूलका बास्ना र फूल चुस्न आएका मौरी र भमराका आवाज सुन्दै एक अर्कालाई बैँसालु नयनले हरिरहेका देखिन्थे ।
समय फरक फरक । मान्छे फरक फरक र जीवनका धारणाहरू पनि फरक फरक । भोगटेको फेदमा बसेर आनन्द लिइरहेका दम्पत्तिका कानमा फेरि अर्काे एउटा नमिठो आवाज ठक्कर खान आइपुग्यो । बुधुले कार्की ठुलो स्वरमा कराउँदै थियो–“तिमीहरूलाई प्रतापेको जस्तो पुगिसरी आएको भन्ठानेर सिन्कोसमेत नभाँची मोजसँग खाइरहेका छौ, देखौला । राख्दै नराखी सधैँको झिकाइमा ढुकुटी रित्तिन के बेर ? काम गर प्रगति गर, पैसा कमाऊ, छोरा छोरी पढाऊ, विधि व्यवहार चलाऊ र राम्रो घर बनाएर व्यवस्थित जीवन बिताऊ ।”
बुधुले कार्की सायद आफ्ना छोराछोरीलाई सम्झाइरहेका होलान् । उनले देखेको प्रगति शब्दले दीक्षा र प्रताप दुवैको मन छोयो । गाउँभरि बरालिएर र अर्काको कुरा काट्दै हिड्नेभन्दा त प्रगतिका कुरा गर्ने मानिस नै सज्जन हुन् । उनीहरू दुवैको मनले यसलाई उचित ठानेको थियो । तुलनात्मक जोड घटाउमा दीक्षा र प्रतापलाई यी सबै परिभाषाभित्र राख्न मनले दिएन । धन कमाउनकै लागि प्रगति गर्न र धन कमाउनु नै प्रगति हो भन्ने गलत सोचसँग प्रताप सहमत हुन सकेके थिएन । ऐयासी र विलाशी जीवनबाट वाक्क भएर शान्ति खोजिरहेको प्रतापमा यो कुरा छिर्न सकेको थिएन भने दीक्षाले आफ्नो जीवनमा पूर्णताको अनुभव कहिल्यै नगरेकी भएकीले उनलाई भने धन प्रगति नै हो जस्तो लाग्यो ।
दीक्षा त्यस दिन कर्णेल्नीले आफूलाई एकान्तमा लगेर गरेको कुरा सम्झन थाल्छिन्– “हेर दीक्षा, तिमी यति राम्री छ्यौ । जिउ र अनुहारभरि पनि भरिलो जवानी छचल्किरहेको देखिन्छ । तिमीले पनि हामीले जस्तै लाउन र खान पायौ भने अझ कस्ती हुँदी हौली ! त्यसैले के खुम्चेर बस्छयौ ? जीवनमा प्रगति गर्ने कुरा पनि सोच ।”
कर्णेल्नीको आशय उनले बुझ्न नसकेको प्रस्ट भएछ । उनले दीक्षासँग छिचोलेरै कुरा गरिन्, “हाम्रो घरमा करसापका थुप्रै धनी साथी आउँछन्, बेला बेलामा यहाँ आऊँ, उहाँहरूलाई खुसी पार, अनि त तिमी पनि मोटर चढेर हिँड्ने र दिनदिनै सारी फेरेर हिँड्न सक्ने भइहाल्छ्यौ ।”
कर्णेल्नीका कुराले दीक्षालाई रन्थन्यायो । उनको मुटु ढुकढुक गर्न थाल्यो, आँखामा आँसु भरिएर आयो, उनले सकेसम्म आफ्नो रिसलाई थाम्ने प्रयास गरिन्, सकिनन् र रातो मुख लाउँदै अलि ठुलो स्वरमा “तपाईंले मलाई त्यही भन्न बोलाएको ? मलाई त्यस्तो धनसम्पत्ति चाहिएको छैन, भन्दै जाऊँ है समेत नभनी फन्केर हिँडेकी थिइन् । त्यसपछि कर्णेल्नीले आफ्नो अपमान ठानिछन् उनले दीक्षासँग सकेसम्मको बदला लिनका लागि कुखेल सुरु गरिन् । त्यसबेलादेखि नारीका नबोल्ने भित्री वेदनाले दीक्षालाई सताउँदै थियो । कति कुरा प्रतापसँग लुकाउन पनि उनी बाध्य थिइन् । सङ्लो र पवित्र मन भएको प्रतापलाई यसरी गाउँलेले आफूमाथि खेल्ने गरेको कुखेल र लाउने गरेका लाञ्छनाका कुरा सुनाउन सकेकी थिइनन् । सुनाउँदा प्रतापलाई नरमाइलो लाग्ला, नसुनाउँदा ऊप्रति घात गरिरहेको पश्चात्तापले उनको मुटु कलेजो जल्थ्यो । त्यस बस्तीमा पनि अन्यत्र जस्तै स्वीकृत अस्वीकृत, सुकृति वा विकृति बढ्दै थिए । छ महिना वर्ष दिनमै गाउँमा नौला नौला घटना घट्थे । बलियाबाङ्गा चलाक र धनी जस्तोसुकै अपराधबाट पनि फुत्कन्थे, सिधासादा फस्थे, उनीहरूसँग उम्कने उपाय हुँदैनथ्यो । देशमा ठुला ठुला कान्तिले धेरै ठुलो धनजनको क्षति भए पनि देशले विकासको लक्ष्य हासिल गर्न पाएको थिएन, विकृति थपिँदै थियो । गरिबीले समाज चुर्लुम्म डुबेको थियो । समय समयमा प्रताप पनि कर्णेल जस्ताका परिवारबाट हुँडलिन्थ्यो । त्यस्ता कुतìवसँग सामना गर्नुपर्दा ऊ भन्ने गथ्र्याे, “के यो समाजमा कोही पनि आफ्नो स्वाभिमानले बाँच्न पाउँदैन ?” जवाफ दिने कसले देशका महाशत्रु तस्कर माफिया र भ्रष्टाचारीको साँठगाँठले कसैको केही चल्दैनथ्यो ।
बुधुले कार्कीले समय बुझेछन् । उनले आफ्ना सन्तान र आफ्नो पनि व्यवस्था मिलाए । गाउँका अरू निम्न वर्गले पनि कता कता के के गुमाएर हो दुई छाकको व्यवस्था राम्रै गर्न पाएछन् । उता प्रताप र दीक्षा त्यस समाजका लागि अफाप मानिँदै सबैले उनीहरूको तिरष्कार गर्न लागे ।
कसैको जीवनमा कसैले कसैलाई केही गर्दैन भन्ने जानेर पनि समाजबाट आफू नितान्त एक्लो हुनुपरेको नरमाइलो पीडा प्रतापलाई पनि लागिरहेको थियो । “सहनु वा धैर्य गर्नुु भन्ने उपदेश दीक्षा समय समयमा सम्झन्थिन् र प्रतापलाई पनि सुनाउँथिन् । उनी भन्थिन्, “हेर्दै जाऊँ न प्रताप बाबु, हामीमाथि अत्याचार गर्नेको दुर्दशा हामीले चाँडै नै देख्न पाउने छौँ एक दिन ती हाम्रा शरणमा आउने छन् ।”
परिवर्तनका लागि समय त्यति धेरै चाहिँदो रहेनछ, कतै दैवीप्रकाप र कतै प्राकृतिक विपत्ति र प्रकोपले पनि मानिसलाई विस्थापित गराउँदो रहेछ । आफ्ना स्वार्थका लागि सोझासादा जनतालाई प्रयोग गरेर चुली चढेकाहरू एकैचोटि जमिनमा बज्ज्रिन आइपुग्दाको दीनहीनताको उपचार आखिर हामीले गरिदिनुपर्ने छ ।
मानिसलाई सधैँ अन्धकारमा राख्न सकिँदैन, एक दिन सत्यको दियालो बल्छ ।
दीक्षाले प्रतापलाई समय समयमा सुनाउने कुरा यिनै हुन्थे । असत्य कहाँ धेरै दिन टिक्थ्यो ! कर्णेल्नीलाई गाउँलेले अपशब्द बोलेर गाली पनि गर्न लागेछन् । उनकै घरमा काम गर्न सिपाहीकी स्वास्नीले त झन्डै भुत्ल्याएकी रे भनेर बुधुलीको कान्छी छोरीले भन्दै थिई । बस्तीका मानिसले कर्णेल्नीका कुरा काटेको सुनिनथाल्यो । पहिले उनको नाम उच्चारण गर्न डराउनेले अहिले सत्तोसराप गर्न लागेका छन् रे । मखमली दिदी पनि त्यसै भन्थिन् ।
नगरौँ भन्दा गर्नुपर्ने र नसुनौँ भन्दा नसुनिनहुने धेरै काम कुरा हुँदा रहेछन् । दीक्षा कर्णेल्नीबाट बीजारोपण भएको यो समस्याले बस्तीभरि नै ढाकिसकेको कुरा सुन्थिन् र सबै वृत्तान्त प्रतापलाई सुनाउँथिन् । बल्ल पो उनीहरूलाई पनि थाहा भयो, “कर्णेल्नीका करामतले कसैको लोग्ने थुनामा छन् रे, कसैकी स्वास्नी अन्यत्र पोइल लगाइदिएका छन् रे र कतिका घर घरमा फाटो र झगडा उब्जाइदिने खेल पनि कर्णेल्नीले भनेको मान्नेहरूबाट भएका छन् रे । समाजमा चेतना आएछ । अब विरोध गर्न जानेछन् । नयाँ जागरणले पालुवा फेर्छ कि जस्तो छ प्रताप बाबु, अब हामी पनि त्यसमा सामेल हुनुपर्ने हो कि प्रतापले भन्यो, “पख दीक्षा अझै बेला भएको छैन । देशका जनताले अझै चेतना पाउनु पर्छ । सबैले देशको माटोको अर्थ बुझ्नु पर्छ, राष्ट्रियताको परिभाषा घरघरमा टॉसिनु पर्छ, स्वाभिमान र मितव्ययका प्रतिपालकसँग हाम्रो सम्बन्ध कायम हुने छ र हामी पनि त्यस जागरण अभियानमा सामेल हुने छौँ ।”
“विलाशी जीवन आफूलाई सभ्य भन्ने र अरूलाई बर्साैंसम्म सभ्य हुन नदिने कुचव्रm हो । हामीले विलाशितालाई मात्र पनि त्याग्ने हो भने हामी सबैको चौथाइ जीवनस्तर बढ्ने थियो । कोभन्दा को कमका सामाजिक प्रतिस्पर्धाको उल्मूलन, सङ्ग्रहका रुचि कम गराउने र वस्तुहरूको सर्वसुलभ आपूर्ति गर्ने बलियो राज्य संयन्त्र, सकेसम्मका मितव्ययी संस्कृतिको विकास माटोको महिमा बुझेका नेतृत्वबाट मात्र सम्भव हुन्छ र त्यस्तो नभई जतासुकै चाल्नो बनेको यो देश बन्न सक्दैन । आजभोलि सहर बजारमा एउटा बौद्धिक वर्गको छलफल र चर्चाको विषय यही बनेको पाइन्छ ।
सधैँका दिन एकनासका नहुने रहेछन् । बुझेर पनि बुझ्न नसकेका धेरै कालव्रmमका घटनाले प्रतापमा सोच र चिन्ता गर्ने आदत बसाल्यो । दीक्षाका मनभित्र पनि त्यस्तै हेपिएका र आफ्ना दैनिक जीवनका साधापनमा अकस्मात् आएका हीनभावनाले उनलाई एकोहोरी बनाउँदै थियो । मन कता कता उडे जस्तो, एक ठाउँमा एकछिन पनि बस्न नसक्ने छटपटीले दीक्षा ग्रस्त बन्दै थिइन् । उनको मन मिल्ने साननानी मिजारसँग दुखेसो पोख्न परे उनीसँग यसै भन्ने गर्थिन् र सान्नानी उनलाई सम्झाउँदै भन्थिन्, “सुन्नुस् नानी, यो संसारमा पिर र सन्ताप नभएको मान्छे नै हुँदैन ।”
आज भोलि गर्दै दीक्षा त नराम्रोसँग बिरामी परिछन् । पन्ध्र दिनदेखि उनी घरबाहिर आएकी छैनन् भनेर सान्नानीले बाटोघाटोमा कुरा गर्दै हिँडेको सुनिन्थ्यो । प्रतापको मनभरि पीडा थपिए जस्तो उसको अनुहार उदास देखिन्छु भनेर गाउँको चिया पसलमा गफ पनि चलेको थियो । एक दिन प्रताप एक्लै बजारबाट घर फर्कंदै थियो । उसलाई बाटोमा यसरी एक्ले हिँडेको देख्नेहरू भन्थे, “कहिल्यै नछुट्टिने दीक्षा कता गइछ, प्रताप त एक्लै पो हिँड्न थालेछ ।”
प्रतापको मनभरि उही र उस्तै प्रेम कर्तव्य सद्भाव समझदारी र सेवाका भाव उर्लिरहे । उसले बाटोभरि सोच्यो, “अहिले ल्याएको मासु राम्ररी पकाएर त्यसको झोल र भात तीन छाक खुवाएँ भने दीक्षा तङ्ग्रिन्छिन् होला । मैले गतिलो खाना खुवाउन नसकेर होला उनी थला परेकी भन्ने सोच्दै ऊ घर पुग्यो । आँगनबाटै उसले मलिन अनुहार, छरिएका कपाल र मैलो लुगा लाएर ढोकाको छेउमै बसिरहेकी दीक्षालाई देख्यो, उसको मन करुणाले पग्लियो । कताकता डर पनि लाग्यो, दीक्षालाई निकै गाह्रो भएछ कि भन्ने पिर गर्दै उसले सोध्यो “किन दीक्षा यसरी ढोकाकोछेउ बसिरहेकी ?” उनले भनिन्, “म त प्रताप बाबुलाई पर्खिरहेको छु ।” “एकैछिनमा धेरै आत्तियौ कि ?” उसले सोध्यो ।
“तपार्इंले मलाई एक्लै पारेर गएको यो समय असाध्यै लामो लाग्यो,” उनले प्रतापनजिकै आफ्नो टाउको पु¥याइन् । उसले भन्यो, “म आइपुगिहालेँ नि ।”
दीक्षाको आँखा एकोहोरो प्रतापले बोकिरहेको झोलामा अड्किरहेका थिए । प्रतापले बुझ्यो उनलाई मिठो खानेकुरा ल्याइदिएको होला भन्ने आस लागेको रहेछ, त्यसैले उसले भन्यो, “एकछिन पर्ख, मासु ल्याएको छु । राम्ररी पकाएर तिमीलाई पेटभरि खुवाउँछु ।” “प्रताप बाबु, त्यो पकाउनै नपर्ने तपाईंले झोलामा ल्याउनुभएको मूलाको साग र काँव्रmो पखालेर दिनुस्, मलाई भित्र डाहा भइरहेछ त्यो पेटभरि खाएर पेट शीतल बनाउँछु । किनभने हामी स्वाभिमानमा बाँच्नेहरूले यस्तै खाएर बाँच्न सिक्नु पर्छ,” उनले भनिन् ।
प्रतापले ल्याएको मासुको झोलालाई एकछेउमा राखेर उसले मूलाको साग र काँक्रा थालभरि ल्याएर दीक्षालाई दिँदै थियो । दीक्षाका लुला हात थालमा रहेका काँक्राका चिरासम्म पुग्न नपाउँदै उनी लत्रक्क परेर प्रतापको काखमा ढलिन् । प्रतापका आँखाबाट अविरल आँसु बर्सन लागे ।