धनकुटाका धेरै गाउँ बस्ती युवाविहीन हुँदा जिल्लाको महालक्ष्मी नगरपालिका वडा १ उच्च क्षेत्रका युवा भने गाउँघरमै भेटिन्छन् । उहाँहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् ।
सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ११ पुरुष र पाँच महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमशः सञ्चालनमा ल्याएको छ ।
भारतीय दूतावासले बस प्रदान गरेपछि जिल्लाको भीमेश्वर नगरपालिका-७ मा रहेको कुटिडाँडा माध्यमिक बिद्यालय बस सेवा प्रदान गर्ने भएको छ ।
एसिसी टी–२० एसिया कपको सुपर चारमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको घरको छतबाट खसेर मृत्यु भएको छ ।
विश्व रेबिज दिवस २०२५ को अवसरमा पशु सेवा कार्यालय मकवानपुरले रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ।
दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र बाल कोषको सहकार्यमा चार दिन लामो स्वास्थ्य अभियान सुरु गरेको छ ।
इजरायली सेनाले बुधबार गाजामा घर र शिविरमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् । इजरायलले गाजा सहरमा ठूलो हवाई र भूमि आक्रमण सुरु गरेको छ ।
सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् ।
जापानका प्रधानमन्त्री सिगेरु इसिबाले संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्दै प्यालेस्टाइन राज्यलाई मान्यता दिनु समयको प्रश्न मात्रै भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेलकुदको विश्व प्रशासकीय निकायमा युएसए क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ ।
जेनजी आन्दोलनका कारण कारागार कार्यालय सिन्धुली फोरेर भागेको कैदीबन्दीमध्ये १७७ जना अझै फरार रहेका छन् ।