मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान–२०८१’ ‘बहुरूपी’ कथासङ्ग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमबिच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । प्राडा कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्य र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार १११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
रुपन्देहीको बेलहिया नाकाबाट सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यस अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया र भियतनामका पर्यटकको सङ्ख्या उल्लेख्य छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालका लागि चीन र अमेरिकाका राजदूतसँग सोमबार छलफल गर्नुभएको छ ।
नवलपुरको कावासोतीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–८ ज्ञानोदय चोक नजिकै गएराति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले आफ्नै श्रीमती ४० वर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका पालिकासँग समझदारी (एमओयु) गरी केही पालिकाबाट कम्पनीका खाद्यवस्तु पालिकामार्फत बिक्री गर्न थालेको छ । कम्पनीले देशभरका उपभोक्ता पालिकामार्फत सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले हालसम्म १०१ पालिकासँग एमओयु गरी तीन वटा पालिकामार्फत सामान बेच्न पनि थालेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
घोराही उमनपा–३ की ५७ वर्षीया श्रीमती लिला पुनको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीले ५७ वर्षीय श्रीमान् सुकराम पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकारका दुःख एकअर्काको सहकार्यबाट हल गर्नुपर्ने बताउनुभएको छ । विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै अर्थमन्त्री खनालले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको हो ।
ताप्लेजुङको ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ । विभिन्न संकायअन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।
पश्चिम गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया रियासा विक हुनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपियाँ ६१ पैसा र बिक्रीदर १४२ रुपियाँ २१ पैसा कायम भएको छ ।
आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेताले संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाबिच राष्ट्रिय सहमति गर्नुपर्ने माग गरेका छन् ।
सडक विभागले गुनासा, जानकारी र आवश्यक सुझाव दिन ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्ने व्यवस्था गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ‘उज्यालो महानगर’ योजना अन्तर्गत ६२ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान कार्यक्रम अगाडि बढाएको छ । यस कार्यक्रम अन्तर्गत महानगरको चार ठाउँमा ‘हाइमास्ट लाइट’ जडान भई सञ्चालनमा आइसकेको छ ।