शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ९ गते । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेताले संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाबिच राष्ट्रिय सहमति गर्नुपर्ने माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने २३ नेताले बुधबार विज्ञप्तिमार्फत प्रतिनिधि सभा पुनस्र्थापनाको माग गरेका हुन् । विज्ञप्तिमा पुनस्र्थापित प्रतिनिधि सभामार्फत संविधान संशोधन हुनुपर्ने माग गरिएको छ । पुनस्र्थापित प्रतिनिधि सभामा जेनजी युवालाई सहभागी गराइनुपर्ने, संशोधित संविधानका आधारमा आमनिर्वाचनमा जानुपर्ने नेताको माग छ । विज्ञप्तिमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन नगर्न आग्रह गरिएको छ ।