शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ९ गते । काठमाडौँ महानगरपालिकाले ‘उज्यालो महानगर’ योजना अन्तर्गत ६२ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान कार्यक्रम अगाडि बढाएको छ । यस कार्यक्रम अन्तर्गत महानगरको चार ठाउँमा ‘हाइमास्ट लाइट’ जडान भई सञ्चालनमा आइसकेको छ ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले अहिलेसम्म गोङ्गबुस्थित नयाँ बसपार्कमा दुई, सोह्रखुट्टे चोकमा एक र दरबारमार्गमा एक ‘हाइमास्ट लाइट’ जडान भई सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । महानगरको विभिन्न ६२ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले तिहारअगाडि नै आधाभन्दा बढी ठाउँमा जडान भई सञ्चालनमा आइसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “६२ वटै ठाउँमा पोल गाड्ने काम सम्पन्न भइसकेको छ ।