लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो ।
गुल्मीको धुर्कोट गाउँपालिकाका विभिन्न पसलहरुबाट म्याद नाघेका एक लाख २१ हजार ३६८ रुपियाँ बराबरका सामग्री बरामद गरेर नष्ट गरिएको छ ।
नेपाल विश्वकै पर्यटकका निम्ति आकर्षक गन्तव्य मानिन्छ ।
पश्चिम नवलपरासीमा प्रहरीले सीमा नाकामा गस्ती र निगरानी बढाएसँगै गत महिनाको तुलनामा अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका दोब्बरभन्दा बढी सामान बरामद गर्न सफल भएको छ ।
लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ । झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन । असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधीहुरी चलेको छ ।
जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्ध विगुल फुके पनि त्यसले निम्त्याएको विध्वंसका कारण देशले आर्थिक र सांस्कृतिक क्षति बेहोर्नु परेको छ । सरकारी र निजी क्षेत्र गरी खर्बौं रुपियाँ बराबरको आर्थिक क्षति भएको छ ।
बागलुङ नगरपालिका– १० की सिर्जना थापाले आफूले चाहेर पनि गाउँबाट बालविवाह हटाउन नसकेको गुनासो गर्नुभयो । थापाले सामान्य सम्झाइ बुझाइले बालविवाहको नहटेको अनुभव सुनाउनुभयो ।
समाजमा उन्नत विकासका लागि दिगो अर्थिक विकास, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र जनतामा समानता कायम गर्ने मुख्य लक्ष्य राखेर गरिने उच्च कोटीको नीति निर्माण र कार्यान्वयन गर्ने विधि पद्धति नै राजनीति हो ।
जेनजीको नाममा जथाभावी हस्तक्षेप गर्न खोजेको भन्दै यहाँको बेलौरी नगरपालिकाका कर्मचारीहरूले सेवा अवरुद्ध गरेका छन् । बेलौरी नगरपालिका कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरू प्रवाह गर्न असमर्थ रहेको बताएका छन् ।
प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ ।
नेपालको माटो, जुन सहिदहरूको रगत र जनताको आँसुले सदैव सिञ्चित छ, आज फेरि एक पटक खरानीको गन्ध र सन्नाटाको पीडाले भारी भएको छ । भदौ २३ मा देशका चोक चोकमा उभिएको नवयुवाको आन्दोलन, जसले सुशासनको पक्षमा र भ्रष्टाचार अन्त्यका लागि आवाज उठायो । त्यसलाई दबाउन राज्यले जुन बर्बर दमनको नीति अख्तियार ग¥यो यसको जति नै आलोचना गरे पनि अपुग हुन्छ ।
जेनजी प्रदर्शनका क्रममा सप्तरीस्थित जिल्लाभरीको सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडकबाट करोडौंको क्षति भएको छ । जिल्लास्थित चार दर्जन सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोडभन्दा बढीको क्षति भएको हो ।
एक समय यस्तो थियो सिङ्गल स्क्रिन हलले एकछत्र राज गरिरहेका थिए । दर्शकहरू फिल्म हेर्न ओइरो लाग्ने गर्थे तर अहिले चलचित्र हल प्रविधिको तीव्र विकाससँगै धेरै सिङ्गल स्क्रिन हल ओरालो लाग्न थाले ।
हुम्लाका लामाबाहेक अन्य समुदायका स्थानीय महिलाले लगाउने पोतेका प्रकार लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्लो युवापुस्ताका युवतीले ती पोते लगाउनै छोडेपछि हाल लोपोन्मुख अवस्थामा पुगेका हुन् ।
साहित्य मन थाइल्यान्डले आयोजना गरेको ‘आदर्श दिव्य दृष्टि’ शृङ्खला–तीन अन्तर्गत विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।