सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न भएको छ । गत साता सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थी रहनुभएको तालिमका प्रमुख प्रशिक्षक सञ्जिव गुरुङले बताउनुभयो ।
दसैँलाई लक्षित गरी नेपाल बैङ्क लिमिटेड बागलुङले खुद्रा नोट साट्न सुरु गरेको छ । सर्वसाधारणका लागि बैङ्कले सुकिला नोट साटने गरी व्यवस्था मिलाएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा–जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका दुई कैदीलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न सरकारी कार्यालयको कामकाज सहजताका लागि सरकारले सरुवा गरेका कार्यालय प्रमुख र विभिन्न तहका कर्मचारी सरुवा भएको ठाउँमा हाजिर नभएर पुरानै ठाउँमा अड्डा जमाएर बसेको पाइएको छ ।
मुग्लिन नौबिसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
झापामा एक थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दसैँ र तिहारजस्ता ठुला चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको छ ।
झापाको बिर्तामोडमा जङ्गली हात्तीको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति बिर्तामोड नगरपालिका– ७ खालवाडीमा हात्तीको आक्रमणमा परेर स्थानीय २७ वर्षीय सहि मो. मियाको मृत्यु भएको हो ।
नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालयले सार्वजनिक बिदा र बिहान बेलुकाको समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको छ । सेवाग्राहीहरुको चापलाई ध्यानमा राखी कार्यालयले अतिरिक्त समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको हो ।
मधेश प्रदेश सभा सदस्यले सङ्घीयता सबलीकरण र भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चारबुँदे सङ्कल्प प्रस्ताव पेस गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिर्ट्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।
पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो ।
नेपाली कांग्रेसले जनमत पार्टीबाट मधेश प्रदेशका मुख्यमन्त्री बन्नुभएका सतीशकुमार सिंह नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका विषयमा बुधबारदेखि