भीरकोट नगरपालिकाले वडा नं –१ सिसौँघारीमा सात वर्ष पहिला सम्झौता गरेर बनाएको बसपार्क अलपत्र परेको छ ।
दसैँ, तिहार र छठलगायतका पर्व मनाउँदा लामो समयसम्म घरका सबै सदस्यले घर छाडेर नहिँड्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरीडकैतीलाई ध्यानमा राखी घरका सदस्य आलोपालो गरेर घरबाहिर जान प्रहरीले अनुरोध गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
मुग्लिङ–नारायणगढ सडकखण्डमा गत शुक्रबारदेखि पहिरो खस्दा सङ्घीय राजधानी र तराई जोड्ने यातायात अवरुद्ध भएको छ । आइतबार केही घण्टा सञ्चालनमा रहेको सडकमा पुनः मङ्गलबार तुइनखोलामा ठुलो पहिरो आएपछि पूर्ण रू
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कोहलपुर नगर समितिद्वारा कोहलपुर नगरपालिकालाई जिन्सी सामग्री सहयोग गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो ।
लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ । झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन । असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधीहुरी चलेको छ ।
विद्युतीकरणपछि यहाँका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् ।
अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् ।
यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार बेलुका बाँफिकोट गाउँपालिका २ कल्लुजिते बस्ने ४५ वर्षीया तारादेवी पौडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।