शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयको स्तर उकास्ने सरकारी अभियानमा सघाउन सामाजिक सङ्घ संस्थालाई अनुरोध गर्नुभएको छ ।
नेकपा (एमाले) को विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि मार्गप्रशस्त गरे पनि पार्टीभित्र नेतृत्व परिवर्तन र रूपान्तरणको बहस घनीभूत ढङ्गले उठान भइरहेको छ ।
सरकारले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका कागजपत्र, ताम्रपत्र, शिलापत्र, भोजपत्र, ताडपत्र र छालालगायतबाट बनेका दस्ताबेजलाई विद्युतीकरण (डिजिटलाइज) गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पुराना कागजपत्र जल्ने, धुलिने, किरा लाग्ने, मक्किएर लोप हुन सक्ने भएपछि डिजिटल रूपमा सबैले हेर्न मिल्ने गरी सुरक्षित गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली सङ्कलनको बाटो खुलेको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकिएको छ तर करिब चार महिनादेखि मतदाता नामावली सङ्कलन बन्द छ । रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएयता नामावली सङ्कलन हुन सकेको छैन ।
दशैंमा नाचिने थारू सखिया नाचको पैयाँ लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोम भन्दै थारु अगुवाहरुले त्यसको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ । नमुना भ्युह्यार थान तुलसीपुर र थारू कल्याणकारी सभा क्षेत्र नं ३ को संयुक्त आयोजनामा सम्पन्न दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले सो आव्हान गरेका हुन् ।
विश्व व्यापार सङ्गठनले भविष्यमा हुने विश्व व्यापार सङ्गठनको वार्तामा नयाँ विशेषाधिकार नखोज्ने चीनको निर्णयको बुधबार स्वागत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बुधबार अपरान्ह रात्रिबस र ट्रक ठोक्किँदा सातजना घाइते भएका छन् ।
उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामार्फत ठेक्का सम्झौता भएको मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ ।
नेपालगन्जमा गत आइतबार बिहान स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरबाट बरामद गरिएका दुई हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेत सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पूर्ण रुपमा स्वस्थ हुनुभएको जानकारी दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबिच शिष्टाचार भेटवार्ता भएको छ।
धनकुटामा चाडपर्व लक्षित गरी बजार अनुगमन गरिएको छ । बजार क्षेत्रका सञ्चालित किराना, होटल र मासु पसल गरी करिब ४१ वटा पसलहरु अनुगमन गरिएको छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गर्नुभएको छ ।