दक्षिणकाली नगरपालिका-८, छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ ।
अर्थ मन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण गर्न सहयोगका लागि अनुरोध गरेको छ।
मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ।
अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्त महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो ।
अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ ।
चाडपर्व तथा विशेषगरी दसैँमा अधिक हुने खसी बोकाको व्यापार यस पटक खस्केको छ ।
इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग आज गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरबौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई अस्वीकार गर्दै क्रेमलिनले बुधबार युक्रेनमा सैन्य आक्रमण जारी राख्नुबाहेक अरू विकल्प नभएको घोषणा गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित थाइल्यान्डका राजदूत सुवापोङ श्रीस्वर्नले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा र महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
अर्घाखाँचीको एक सामुदायिक वनका अध्यक्षसहित उपभोक्ता मिलेर अवैध रूपमा सालको रुख काटेर चिरान गदैँगरेको अवस्थामा प्रक्राउ परेका छन् ।
जितको लय जारी राखेको रियलले मङ्गलबार राति भएको खेलमा लिभान्तेलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका सर्वजनिक निकाय तथा निजी संरचना ध्वस्त हुँदा त्यसको आरोप सोही पुस्तालाई गएकाले युवा पुस्ताको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस मधेशले जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।