• ८ असोज २०८२, बुधबार

रियल म्याड्रिडको छैटौँ जित

blog

गोल गरेपछि रियलका केलियन एमबाप्पे । तस्बिर : एपी/रासस

काठमाडौँ, असोज ८ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार छैटौँ जित निकालेको छ ।

जितको लय जारी राखेको रियलले मङ्गलबार राति भएको खेलमा लिभान्तेलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियलको जितमा स्टार स्ट्राईकर केलियन एमबाप्पेले ६४औँ र ६६औँ मिनेटमा दुई गोल गर्नुभयो । यसअघि भिनिसियस जुनियरले २८औँ र फ्रान्को मस्तन्टुओनोले ३८औँ मिनेटमा गोल गर्नुभएको थियो । लिभान्तेका लागि इटा इयोङ्गले ५४औँ मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो । 

जितसँगै शीर्षस्थानमा रहेको रियालले ६ खेलमा १८ अङ्क बनाएको छ । पराजित लिभान्ते समान खेलबाट चार अङ्क जोड्दै १६औँ स्थानमा छ । अर्को खेलमा भिल्लारियलले सेभियालाई उसैको मैदानमा २–१ गोलले हरायो । एजेन्सी