फ्रान्सदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिकादेखि सुरिनामसम्मका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसको युद्ध, गरिबी र जलवायु अराजकताजस्ता वैश्विक चुनौतीलाई मिलेर सम्बोधन गर्ने आह्वानलाई समर्थन गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपियाँ तोकिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
देशका ४५ जिल्लाका विभिन्न स्थानमा चाडवाड लक्षित सुपथ मुल्य पसल सञ्चालनमा छन् ।
अष्ट्रेलियाका नागरिकहरूमा जुवा खेल्ने प्रवृत्ति र त्यसले पार्ने नकारात्मक प्रभाव दिनप्रतिदिन बढ्दै गएको एक सरकारी अध्ययनले देखाएको छ ।
बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ ।
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेको छ । राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
परम्परागत पानी घट्टलाई परिस्कृत गर्दै बिजुलीबाट चल्ने बनाएर सल्यानका एक युवाकले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
सुनसरीको विभिन्न स्थानमा किसानले लगाएका धान बालीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
सुनसरीको हरिनगरमा सुनसरी खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।
भौगोलिक रूपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो ।
सडकखण्डको तुइनखोलमा पहाडको एउटा ठुलै भाग सडकमा खसेपछि मङ्गलबार दिउँसो ३ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले १४ हजार घनमिटर भन्दा धेरै सामग्री थुपारेको कारण पन्छाउन कति समय लाग्ने अनुमान गर्न नसकिएको बताउनुभयो ।