प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरी तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गर्नुभएको छ ।
गुल्मीमा रेविज रोगको जोखिम बढ्दै गएपछि कुकुरहरूको स्थायी बन्ध्याकरण थालिएको छ । जिल्लाका चार स्थानीय तहका ४०९ छाडा तथा सामुदायिक भाले एवंम पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभइ अब व्यवहारिक हक बन्ने बताउनुभएको छ ।
वीरगन्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगन्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पु¥याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ ।
कालीकोटको रास्कोट नगरपालिका–८ मा निर्माणाधीन स्वास्थ्य भवन अलपत्र परेको छ । सुरक्षित सुत्केरी गराउन निर्माण सुरु भएको वडा ८ को बर्थिङ सेन्टर निर्माण सम्पन्न नहुँदै अलपत्र परेको हो ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई बिहीबार उहाँको मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूले बताएका छन् । यसले महाभियोग लगाइएका पूर्व राष्ट्रपतिको कानुनी खतरा थप बढाएको छ ।
कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्न अभिभावकहरूले माग गरेका छन् । कावासोती नगरपालिकाको आयोजनामा भएको अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकका लागि अपाङ्गता अधिकारसम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएका अभिभावकहरूले कावासोतीमा अटिजम केयर सेन्टरको एकदमै खाँचो रहेको समेत औँल्याएका छन् ।
शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।
हिन्दु तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ ।
एक हप्ते भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतका अध्यात्मिक नेता महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्नुभएको छ ।
नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझ धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताउनुभएको छ ।