चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्नुहुनेछ । रुसविरुद्ध पश्चिमी धैर्य घट्दै गएको बेला हुने यो भेटलाई संयुक्त राष्ट्र शिखर सम्मेलनकै एउटा प्रमुख क्षण मानिएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ र ९ मा विस्तार भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर कोरिडोर सडक र शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको ड्रोनबाट लिइएको तस्बिर ।
दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् ।
रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
मोरङको बेलबारीस्थित एलएक्स सिटी फुटबल क्लब असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म बेलबारी गोल्डकपको आठौं संस्करण आयोजना गर्ने भएको छ ।
मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् ।
नेपालगन्ज–कोहलपुर सडकखण्डको मर्मत सम्भारको काम अहिले सुरु भएको छ।
कैलालीको टीकापुर नगरपालिका–९ रैनाबोझी झरनाबाट मगर गोहीको बच्चाको उद्धार गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथासङ्ग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ ।
सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ ।
रौतहटको माधवनारायण नगरपालिकाले सिँचाइका लागि कृषकलाई पम्पसेट उपकरण सहयोग गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।
वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाइ र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।