तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका लागि नेकपा (माओवादी केन्द्र) का नेता कैलाली आउने क्रम सुरु भएको छ ।
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणसम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सोमबार जनकपुरधाममा सुरु भएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताउनुभयो ।
बाजुराको कर्णाली नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ रुकुम बस्ने वर्ष अन्दाजी २७ का नरेन्द्र परियार रहेका छन् ।
निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने भएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिकाले रेबिज विरुद्धको खोप सेवा सुरु गरेको छ । नगरपालिकाले कुकुर तथा जङ्गली जनावरको टोकाइ विरुद्ध खोप सेवा सञ्चालनमा ल्याएको हो ।
कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राईले हात पार्नुभएको छ ।
जिल्ला कारागार पश्चिम नवलपरासीमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नु भएको थियो ।
बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
धनकुटामा अवैध लागु औषध गाँजा ट्रकमा लोड गर्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउँपालिका ५ बोधेका ४३ वर्षीय मनोज लिम्बु रहेका छन् ।
कास्की प्रहरीले स्वरूप परिर्वन गरी चलाएका ३५ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहाेर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहाेर घटेको छ
चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म सञ्चालन हुने चाँगुनारायण खट जात्रासहित चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा भव्य रूपमा मनाइएको छ ।
१६ महिनादेखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएपछि रघुगङ्गा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।