लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
झापामा एक होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय बालकको मृत्यु भएको छ ।
रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टेलरका सहचालक घोराही उपमहानगरपालिका ११, हापुर दाङ बस्ने वर्ष २९ का आयुष गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।
हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।
काठमाडौँ, वैशाख १५ गते । नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो।एएफपीपीडी एसिया– प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समिति एनसिएस का सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो, जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।थकालीको निर्वाचनले जनसङ्ख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तीकरणको क्षेत्रमा उहाँले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उहाँले विभिन्न मञ्चमा जलवायु सङ्कटको आवाज बुलन्द गर्दै, दिगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको नेतृत्वले एसिया प्रशान्त क्षेत्रका युवाहरूलाई दिगो भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न अझ उत्प्रेरित गर्ने विश्वास गरिएको छ।
अर्जुन काफ्ले स्याङ्जा, वैशाख १५ गते । भीरकोट नगरपालिका – १ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना भएको छ ।दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो । बोईलर कुखुरा बोकेको उक्त जिपमा रहेका ४५० कुखुरामध्ये तीन सय मरेका छन् भने दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले निरीक्षक तिवारीले बताउनुभयो ।
गुल्मीदरबार गाउँपालिका–१ बलिथुमकी ६० वर्षीया हुमकला नेपालीले अम्रिसोका कुचो बेचेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले आफ्नै बारीमा अम्रिसो लगाउनु भएको छ ।
हुम्ला, वैशाख १५ गते । नेपाल-चीनको सिमाना हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय र आसपासको क्षेत्र । गत वर्ष पुस १० गतेबाट अत्यधिक चिसोका कारण बन्द रहेको कार्यालय चार महिनापछि अहिले सञ्चालनमा आएको छ । तस्बिरः रासस
काठमाडौँ, वैशाख १५ गते । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराले आवश्यकताका आधारमा मात्रै ज्येष्ठ नागरिकलाई भत्ता दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएका बोहराले भन्नुभएको छ, “ज्येष्ठ नागरिकले पाउने भत्ता सबैले पाउनुहुँदैन, काठमाडौँमा दुई-तीन वटा घर हुने आर्थिक रुपमा सम्पन्न छ भने उसलाई भत्ता दिनु हुँदैन, बरु केही पनि सम्पत्ति नभएको गरिब, जसलाई दुई छाक खान धौधौ छ, उसलाई दिनुपर्छ ।” विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सभासद् बन्नुभएका सांसद बोहराले जनताको आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विंस २०२७ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ७४ वर्षीय बोहरासँग गरिएको कुराकानीको सम्पादित अंश । वृद्धभत्ता बढाएर समय सान्दर्भिक बनाउनुपर्छ ?– आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाएर मासिक रु. चार हजार पुर्याएको छ । यो आफैँमा राम्रो पक्ष हो । यसलाई राज्यको ढुकुटी हेरेर अझै बढाएर, सान्दर्भिक बनाएर लैजान पनि सकिन्छ । तर यो सुविधा सबैलाई दिने हो भने देशको आर्थिक अवस्थाले थेग्न सक्दैन । राज्यको ढुकुटी सकिन्छ । आर्थिक रुपमा सम्पन्न वृद्धवृद्धाका लागि वृद्धाभत्ता दिनुको कुनै अर्थ छैन । जो पीडित छ, सहाराविहीन छ, जसको केही पनि आयस्रोत छैन, त्यस्ता नागरिकलाई दिनु ठीक कुरा हो । सहाराविहीन वृद्धलाई दिनुपर्छ । जसका छोराछोरी सम्पन्न छन्, उनीहरुलाई भत्ता दिनु राम्रो कुरा होइन । विसं २०५१ मा सुरु गरिएको भत्ता पाउने उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० सम्म आइपुगेको छ । नेपालमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातिलाई लक्षित गरी अहिले १० किसिमका सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । हामीले राम्रो गरेकालाई राम्रो भन्न सक्नुपर्छ । सरकारले दलित, एकल महिला, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, तोकिएका क्षेत्रका ज्येष्ठ नागरिक, विधवा, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति र बाल पोषणका रुपमा पनि भत्ता दिएको छ । यो राम्रो कुरा हो । देश विकासको निम्ति परिवर्तनकारी शक्ति मिल्नुको विकल्प छैन ?– देश विकास गर्ने हो भने ठूला राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा [एमाले] र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्छ । उनीहरु एकापसमा मिल्दा मात्रै देशको आर्थिक, सामाजिकलगायत सबै विकासले गति लिन्छ । अब यहाँ त एउटाले केही गर्न खोज्यो भने अर्कोले विरोध गर्ने चलन छ । त्यसो गर्न भएन । आपसमा मिलेर देशको विकास गर्नुपर्छ । दलहरु आपसमा लड्ने काम गर्नुभएन । दलले काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो ?– सरकार र राजनीतिक दलले राम्रोसँग काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो । हामीले राजाको पालामा भएका काम पनि देखेकै हो । दलहरु मिलेर जनचाहनाअनुसार देशको विकास गर्ने हो भने राजसंस्थाको कुरा उठ्दैन । गणतन्त्र आएपछि केही राम्रा काम पनि भएका छन्, नभएका होइनन् । तर धेरै काम हुनुपर्ने थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकारले जनताको पक्षमा काम नगरेका कारण जनतामा वितृष्णा आएको हो । यसलाई सच्याउन सरकारहरुले राम्रो काम गर्नुपर्यो । जनताको पक्षमा काम गर्नुपर्यो । उद्योगधन्दा खोलेर विदेश जाने युवालाई रोक्न सक्नुपर्याे । राजनीतिक दलले काम नगरेपछि बेरोजगारी बढेको हो । संविधान कार्यान्वयन भएको छ, तर जति हुनुपर्ने हो, त्यति भएको छैन ?- राष्ट्रियसभाले संविधान बमोजिम धेरै कानून बनाएको छ । कतिपय महत्वपूर्ण कानून बनाउन बाँकी नै छन् । जनताका शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा सदनमा कुरा उठिरहेकै छ । सबै पार्टीका सांसदले निरन्तर यी विषय उठाउँदै आएका छन् । राष्ट्रियसभामा उठेका धेरै विषय कार्यान्वयनमा गएका छन् । दश वर्षमा संविधान संशोधन गर्न सकिने भन्ने छ । यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो पनि धारणा हो । खासगरी निर्वाचन प्रणाली, शासकीय स्वरुपमा संशोधन गर्न आवश्यक छ । सङ्घीयतालाई पनि सुधार गर्नुपर्ने जरुरी छ । सङ्घीय प्रणालीलाई पनि परिवर्तन गरेर नयाँ बनाउनुपर्छ । सुशासनको लागि सरकारले सही ढङ्गले काम गर्नुपर्यो ?– रोजगारीका लागि सरकारले आर्थिक विकासमा जोड दिनुपर्छ । राज्यले रोजगारी सिर्जना गर्नुपर्छ । सबैलाई रोजगारी दिनुपर्छ । राज्यले बेरोजगारका लागि केही न केही व्यवस्था गर्नुपर्छ । सुशासन कायम गर्ने पक्षमा पनि सरकारहरुले ठोस काम गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकार निर्मम हुनुपर्छ । जनताको विश्वास जित्ने किसिमले काम गर्नुपर्छ । रासस
मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा आयोजना भइरहेको मेलामा थामिनसक्नु भिड लागेपछि मेला अवधि थपिएको छ । वैशाख ६ देखि सुरु भएको मेला आगामी १७ गतेसम्म सञ्चालन गरिने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
सप्तरीको विभिन्न स्थानमा रहेका निजी विद्यालयले विद्यार्थी भर्ना गराउन अहिले आकर्षक सुविधासमेतको प्रचारप्रसार गरिरहेका छन् । अभिभावकको