बडादसैँको पहिलो दिन घटस्थापनामा नेपालीको घर घरमा शैलपुत्री देवीको पूजाअर्चना गरी जमरा राखिएको छ तर ललितपुरको खोकनामा दसैँको घटस्थापना होइन सिकाली जात्रा (रुद्रायणी नाच) को चहलपहल सुरु भएको छ ।
नेपाल संवत् न्हुदँ समारोह समितिका प्रथम अध्यक्ष, शिक्षाविद्, बौद्ध विद्वान् तथा साहित्यकार प्रा. सुवर्ण शाक्यलाई अभिनन्दन गरिएको छ ।
विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो ।
आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन मङ्गलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।
अर्थमन्त्री रामेश्वर खनालले जलविद्युत् कम्पनीलाई बत्ती बलेपछि मात्रै आइपिओ अनुमति दिन अहिले नै रोक्नु नपर्ने धारणा राख्नुभएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा यस्तो सुझाव दिइएको भए पनि त्यससम्बन्धी कानुन बनि नसकेकाले सुझावकै आधारमा सेयर निस्कान अनुमति रोक्न नमिल्ने बताउनुभएको स्वतन्त्र ऊर्जा उत्पादकका संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले रौतहटको तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा बागलुङमा यात्रु सहायकता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महानचाड बडादसैँ, तिहार र छठ पर्व नजिकिएसँग सोमबारबाट बागलुङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौँको सङ्ख्यामा रहेका दसैँका लागि सामानले भरिएका कन्टेनर ल्याउने प्रक्रिया सुरु भएको छ ।
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को मौका (पूरक) परीक्षाका लागि ८६६ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।
जेनजी आन्दोलनको उग्रताले ध्वस्त पारेका दमौलीका सरकारी कार्यालयहरू अझै जलेका भित्ता र चिरिएका बोर्डसहित घाइते देखिन्छन् ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।