• २२ कात्तिक २०८२, शनिबार

वरिष्ठ साहित्यकार शाक्य अभिनन्दित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते ।  नेपाल संवत् न्हुदँ समारोह समितिका प्रथम अध्यक्ष, शिक्षाविद्, बौद्ध विद्वान् तथा साहित्यकार प्रा. सुवर्ण शाक्यलाई अभिनन्दन गरिएको छ । 

नेपाल भाषाको उन्नयनमा योगदान पु¥याएको भन्दै  नेवाः दय दबु, नेपाल भाषा एकेडेमी, नेपाल संवत् राष्ट्रिय संरक्षण समाज र नेपाल संवत् न्हुदँ राष्ट्रिय समारोह समिति–११४५ लगायत ३० सङ्घ संस्थाले संयुक्त रूपमा आइतबार प्रा. शाक्यलाई सगुन र फेटा गुथेर अभिनन्दन गरेको हो । समाजसेवी, वरिष्ठ कथाकार तथा शिक्षाविद् हितकरवीरसिंह कंसाकारले शाक्यलाई अभिनन्दन गर्नुभयो ।

कंसाकारले तत्कालीन पञ्चायत व्यवस्थामा दरबार हाइस्कुलमा सुरुवात गरिएको नेपाल भाषालाई आफैँले अध्यापन गराउन सुझाव दिएको स्मरण गर्नुभयो । दरबार हाइस्कुलको प्रधानाध्यापकका रूपमा पहिचान बनाउनुभएका शिक्षाविद् शाक्यलाई एक समयमा सडक नाटक (दबु प्याखँ) का पटकथाकार सँगसँगै नाटकमै अभिनय गर्ने कलाकार पनि हुनुहुन्छ । उहाँका तीन दर्जन कृति प्रकाशित छन् । वरिष्ठ अधिकारकर्मी तथा साहित्यकार मल्ल के सुन्दरले समाजसेवी प्रा. शाक्यको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो । यसै गरी नेपाल संवत् न्हुँद समारोह समिति–११४५ का अध्यक्ष राजेन्द्र श्रेष्ठले भाषा र साहित्यको संवर्धनमा समर्पित शाक्यलाई नेवाः आन्दोलनको प्रतीकका रूपमा अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । भाषाविद् सदर कसाले पनि शाक्यको योगदानको चर्चा गर्नुभएको थियो । 

सम्मानित शाक्यले २०१३ सालदेखिको आफ्नो लुकेको सत्यलाई उजागर गरिदिएकोमा खुसी व्यक्त गर्नुभयो । अभिनन्दनका क्रममा बौद्ध विद्वान् शाक्यद्वारा रचित बौद्ध भजन/गीत प्रस्तुत गरिएको थियो ।